मोदी स्वागतको लागि मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले झाडु उठाए
न्यूज ब्यूरो || जनकपुरधाम, २० बैशाख । आउँदो बैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर आज वृहत सरसफाई गरिएको छ । मोदी स्वागतको लागि जानकी मन्दिरदेखि बाह्रविघा रँगभूमि मैदानसम्म प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत सहित मन्त्री एवम् प्रतिनीधिसभा सदस्यहर

२०७५ बैशाख २० बिहीबार, बिहान ११:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २० बैशाख । आउँदो बैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर आज वृहत सरसफाई गरिएको छ ।
मोदी स्वागतको लागि जानकी मन्दिरदेखि बाह्रविघा रँगभूमि मैदानसम्म प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत सहित मन्त्री एवम् प्रतिनीधिसभा सदस्यहरुले समेत झाडु लगाएका हुन् ।

मोदी भ्रमणको मात्र एक साता बाँकी रहदा स्वागतको लागि तयारी युद्धस्तरमा जारी रहेको छ भने विहिबार विहान सरसफाई सँयोजक एवम् समाजिक विकास तथा सरसफाई मन्त्री नवल किशोर साहको नेतृत्वमा विशेष सरसफाई गरिएको हो ।
जानकी मन्दिर परिसरदेखि बाह्रविघासम्म गरिएको उक्त विशेष सरसफाईमा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनीधि सभा सदस्य राजेन्द्र महतो, गँगासागर सफाई अभियन्ता एवम् क्लीन एण्ड ग्रीन जनकपुर मिसनका अभियन्ता तथा प्रदेश सभा सदस्य राम अशिष यादव, जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लाल किशोर साह र स्थानीय अगुवाहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
मोदी स्वागतको लागि प्रदेश सरकारले भव्य स्वागतको तयारीमा जुटेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…