फेरी घटेर आयो पेट्रोलियमको भाउ
नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।

२०७९ माघ २ सोमबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमलाई भारतको भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूचि पठाएको छ । आइतबार प्राप्त नयाँ मूल्यअनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको निगमले जनाएको छ ।
नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।
भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…