हातमा माछा समातेकै अवस्थामा डुबेको १८ घण्टापछि भेटाए युवक !
उनको स्वास्नीसहित दुई छोरा र दुई छोरी छन् । उनको डुबेर मृत्यू भएपछि सिँगो टोल नै शोकाकुल भएको छ । उनको परिवारमा उनी मात्र कमाउने थिए ।

२०७९ पुस २९ शुक्रबार, बिहान १०:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । माछा मार्न गएको बेला डुबेर मृत्यू भएका सिरहाका युवकलाई सशस्त्र प्रहरीले झण्डै १८ घण्टापछि पोखरीबाट लास निकालेको छ ।
विहिबार साँझ ४ बजे पोखरीमा माछा मार्न गएका सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ नभटोली टोलका स्थानीय गणेश सदा पोखरीमै डुबेका थिए । उनी डुबे लगत्तै बेपत्ता भएको थियो ।
झण्डै १८ घण्टाको प्रयासपछि सिरहाको विपद व्यवस्थापनको टोली र सशस्त्र प्रहरी सिरहाको ईन्सपेक्टर सूर्य धमलाको नेतृत्वमा गएको टोलीले उनको मृत शरिर बाहिर निकालेको हो ।
पोखरीमा डुबे लगतै जमिनमा गडेका दासलाई खोजी गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी विहिबार साँझ देखि नै प्रयासरत रहेका थिए । उनलाई शुक्रबार (आज) विहान १०ः३० बजे मात्र निकालिएको हो ।

विहिबार अपरान्ह मलामी गएर घर फर्किदै गर्दा उनी त्यहाँस्थित रहेको एक सार्वजनिक पोखरीमा दुईटा माछा तैरिरहेको देखेपछि माछा ल्याउन गएका थिए । एकहातमा माछा लिएर उनी डुबेका थिए ।
शवको प्रकृति हेर्दा उनको हातमा अझै माछा समातिरहेको देखिएको छ । सोही माछा लिएर उनी डुबेका थिए । उनी श्रीमतिकै अगाडी पोखरीमा माछा मार्न पसेका थिए भने माछा समात्ने वित्तिकै उनी पोखरीभित्र नै बेपत्ता भएका थिए ।
उनको स्वास्नीसहित दुई छोरा र दुई छोरी छन् । उनको डुबेर मृत्यू भएपछि सिँगो टोल नै शोकाकुल भएको छ । उनको परिवारमा उनी मात्र कमाउने थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…