शहिदनगरमा पार्टी प्रवेश वा परित्याग नगरेको स्पष्टोक्ति
न्यूज ब्यूरो || जनकपुरधाम, १५ बैशाख । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ विसरभोरमा भएको पार्टी प्रवेश कार्यक्रममा फोरम पार्टी परित्याग गरी माओवादी केन्द्रमा नगएको स्पष्टोक्ति दिइएको छ । शनिबार संघीय समाजवादी फोरम नेपाल सहिदनगर बिसरभोरा वडाकार्यसमिति धनुषा शुक्रवार माओवादी केन्द्रले पार्टी प्रवेश का

२०७५ बैशाख १५ शनिबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १५ बैशाख । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ विसरभोरमा भएको पार्टी प्रवेश कार्यक्रममा फोरम पार्टी परित्याग गरी माओवादी केन्द्रमा नगएको स्पष्टोक्ति दिइएको छ ।
शनिबार संघीय समाजवादी फोरम नेपाल सहिदनगर बिसरभोरा वडाकार्यसमिति धनुषा शुक्रवार माओवादी केन्द्रले पार्टी प्रवेश कार्यक्रम राखेको बेला संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरु पार्टी प्रवेश नगरेको बताइएको छ ।
फोरमका कार्यकर्ताहरु सरोज बिराजी , लतिप राइन , सरस्वती ठाकुर , जुमनी खातुन , भिलाइ दास , कलेश दास लगायतका व्यक्ति हरुले गाउँमै आज भेला गरी माओवादी केन्द्रमा प्रवेश नगरेको स्पष्ट पारेका छन् ।
यसका साथै आफूहरुले फोरम पार्टी परित्याग नगरेको तथा माओवादीमा प्रवेश नगरेको भएपनि अफवाह र आफूखुसी सँचारमाध्यमहरुमा नाम दिएको भन्दै आपत्ति जनाउँदै भत्सर्ना समेत गरेका छन् ।
फोरम नेपालका जिल्ला स्तरीय नेता बिनोद रोहिता , क्षेत्रीय नेता बिन्देश्वर गोइत ,भोला तेथवार , जोगिन्द्र दास , लट्टु बिराजी , कमल देव साफी ,जीवन रोहिता लगायतका नेताहरुको रोहबरमै उनीहरुले पार्टी परित्याग नगरेका वक्तत्व दिएका छन् ।
यसअघि शुक्रबार भएको पार्टी प्रवेश कार्यक्रममा उक्त गाउँका दर्जनौ कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको भनेर जनाइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…