जनकपुरको काव्या हस्पिटलले पैसासँगै ज्यान पनि लुटे, मृतक परिवारलाई बाउन्सर बोलाएर कुटे
प्रकाशले अस्पतालमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मी अमरेश मल्लिकसहितकाको गुण्डागर्दी शैलीमा क्यामेरा बन्द गराउन लगाएर सबैलाई अस्पताल परिसरबाट बाहिर हटाएका थिए । मिश्राले सो क्रममा आफूसँग दुर्व्यवहारसमेत गरेको सञ्चारकर्मी मल्लिकले बताए ।

२०७९ पुस २५ सोमबार, दिउँसो १:५९ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाम–२१ कुर्थाका अमित साह आफ्नी २६ वर्षीया पत्नी रिंकु साहको गर्भमा जुम्ल्याहा बच्चा रहेको जानकारी पाएसँगै सुरुदेखि नै सचेत थिए ।
रिंकुको सुत्केरीका बेला अपरेशन गरेर नै बच्चा निकाल्नुपर्छ भन्ने कुराको जानकारी पनि उनले चिकित्सकबाट पाइसकेका थिए । त्यसैले अमित सुरुदेखि नै सरकारी अस्पतालमा नगइ महिनैपिच्छे काव्या अस्पतालकी डा. सोनिया सिंहसँगै रिंकुको फलोअप जाँच गराउँदै आएका थिए ।
गत २५ मंसिरमा पनि रिंकुको स्वास्थ्यमा समस्या देखिँदा अमितले उनलाई सोनिया सिंहसँग परामर्शका लागि काव्या अस्पतालमा ल्याए । त्यसबेला डाक्टर सिंहले औषधि दिँदा रिंकुलाई सन्चो भएको थियो । अमित र रिंकु जुम्ल्याहा बच्चा पाउने भन्दै हर्षित थिए ।
आइतबार रिंकुलाई सुत्केरी बेथा लागेपछि उनलाई बिहान करिब १० बजे काव्या अस्पताल लगियो । उनलाई अपरेसन गर्नुपर्छ भन्ने कुराको पूर्वजानकारी अमितलाई थियो । सोहीअनुरूप डा. सोनियाले दिउँसो करिब १ बजे रिंकुलाई अपरेशन रुममा लगिन् । उनको अपरेसन सफल भइ करिब साढे १ बजे जुम्ल्याहा बच्चाको जन्म भयो ।
अपरेसनपछि डा। सिंहले पनि अब सबै ठीक रहेको कुरा अमितलाई सुनाइन् । त्यसपछि अमितको खुसी झन् दोब्बर भयो । उनी खुसी हुँदै अस्पतालकी स्विपरसमेतलाई पैसा बाँडे । उनका परिवारका अधिकांश सदस्य अस्पतालमै थिए । अमितको परिवारमा खुसीको सीमा थिएन ।
त्यतिकैमा उनीहरूको खुसीकै बीच एउटा दुःखद खबर आयो । अस्पतालले रिंकुलाई अपरेसनपछि अत्यधिक रक्तश्राव भइरहेकोले तुरुन्त रगतको व्यवस्था गर्न अमितलाई सुझायो । उनी पनि हतपत रगतको व्यवस्थामा जुटे । केहीबेरमै उनले चारपोका रगत अस्पताललाई उपलब्ध गराए । त्यतिबेलासम्म बिरामीसँग उनको परिवारका कुनै पनि सदस्यले भेटघाट गर्न पाएका थिएनन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…