शिक्षक सेवा आयोगले खोल्यो शिक्षक भर्नाको विज्ञापन, अनलाईन फाराम भर्न सकिने
दरखास्त दिन चाहने आवेदकहरुले शिक्षक सेवा आयोगको वेभसाईट बाट आवेदन दिन सकिने जनाईएको छ भने विज्ञापनको विस्तृत विवरण वेभसाईटको टयाबमा हेर्न सकिने जनाइएको छ । अहिले भने विस्तृत अपलोड नगरिएको देखिएको छ ।

२०७९ पुस २५ सोमबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षक सेवा आयोगले सोमबार विज्ञापन खुल्ला गरेको छ । स्थायी शिक्षक भर्नाको लागि प्रतियोगितात्मक प्रणालीबाट शिक्षक भर्नाको विज्ञापन खुल्ला गरेको छ ।
सोमबारको गोरखापत्रमा प्रकाशित विज्ञापनमा माध्यमिक तहमा तृतिय श्रेणीको शिक्षक स्थायी भर्नाको लागि आवेदन खुल्ला गरेको हो । यद्यपी अहिले शिक्षक सेवाको वेभसाईटमा अपलोड गरिएको छैनन् ।
आयोगले सो श्रेणीको लागि खुल्ला तथा समावेशी प्रक्रियाबाट शिक्षक भर्ना गर्नको लागि विज्ञापन खुल्ला गरेको सूचनामा उल्लेख छ । आवेदकहरुले अनलाईन मार्फत आवेदन दिन सकिने जनाइएको छ ।
दरखास्त दिन चाहने आवेदकहरुले शिक्षक सेवा आयोगको वेभसाईट https://online.tsc.gov.np/ बाट आवेदन दिन सकिने जनाईएको छ भने विज्ञापनको विस्तृत विवरण वेभसाईटको डाउनलोड/ सूचना विज्ञापन टयाबमा हेर्न सकिने जनाइएको छ । अहिले भने विस्तृत अपलोड नगरिएको देखिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…