रौतामाई गाउँपालिकाले विज्ञान तथा कला प्रदर्शनी गराउँदै, विजेतालाई १० हजार पुरस्कार
सहभागी हुन इच्छुक विद्यार्थीले पुस मसान्त भित्र दर्ता गर्नुपर्ने छ र एउटा समुहमा तीन जना भन्दा बढी सहभागी पाउने छैन। एकल विद्यार्थीले बहुभागीय समुहमा सँलग्न हुन पाउने छैन। सहभागी भएका हरेक विद्यार्थीले प्रमाणपत्र पाउने छ ।

२०७९ पुस २४ आइतबार, राति ९:०२ बजे१ मिनेट पढाइ

काठमाडौं, २४ पुस । उदयपुरको रौतामाई गाउँपालिकामा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम हुने भएको छ । यही फागुन १० र ११ गते सो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा विज्ञान, वातावरण, सामाजिक र कला लगायतका विधामा प्रदर्शनी हुनेछ । यसमा विजय हुने हरेक विधाका प्रथम विजेतालाई १० हजार पुरस्कार राशी प्रदान गरिनेछ ।
कार्यक्रमको आयोजक रौतामाई गाउँपालिका र श्री नमूना माध्यमिक विद्यालय, मुर्कुची रहेको छ । कार्यक्रमको संयोजकमा भने संतोष कुमार यादव छन् ।
सहभागी हुन इच्छुक विद्यार्थीले पुस मसान्त भित्र दर्ता गर्नुपर्ने छ र एउटा समुहमा तीन जना भन्दा बढी सहभागी पाउने छैन। एकल विद्यार्थीले बहुभागीय समुहमा सँलग्न हुन पाउने छैन। सहभागी भएका हरेक विद्यार्थीले प्रमाणपत्र पाउने छ ।
उक्त विद्यालयको प्रधानाध्यापक खड्ग बहादुर थापा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…