बचतकर्तालाई थप लाभान्वित बनाऔँः मेयर मण्डल

२०७९ पौष २४ आइतबार
बिहान ११:५७ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सहकारीमा बचत गर्ने बचतकर्तालाई थप लाभान्वित बनाउन आग्रह गरेका छन् । 

धनुषाधाम नगरपालिका ३ स्थित न्यु धनुष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा बोल्दै मेयर मण्डलले बचतकर्ता नै सहकारी टिकाएको बताउँदै उनीहरुलाई थप सुविधा र लाभाँस दिनुपर्ने बताए । 

संस्थाका अध्यक्ष नागेश्वर साहको अध्यक्षता तथा धनुषाधाम नगरपालिका नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो साधारणसभाको क्रममा उनले बचतकर्तालाई सम्मानसहित लाभ दिन आग्रह गरे। 

“वास्तवमा सहकारीहरु व्यापारीहरुको एउटा अंग हो । समयमा व्यसायीलाई रकम उपलब्ध गराएमा ब्यापार गर्न सहज हुदो रहेछ साथै बचत गर्दा पनि समयमा फाईदा हुने लाग्दो रहेछ । सहुलियत दरमा ऋण उपलब्ध गराउन सुझाव दिन चाहन्छु ।” बिश्वासिलो कानुनी संम्वत रहेको माथी मात्र बिश्वास गर्न  सुझाव समेत मेयर मण्डलले दिए । 

संस्थाका अध्यक्ष साहले सहितको उपलब्धि संस्थाले व्यापारी वर्गमा गरेको कामहरु बारे जानकारी गराएका थिए । साथै सहकारी अन्तरगत जिल्ला भरीमा मोबाईल बैंकिङ्ग सेवा दिन पहिलो सहकारी न्यु धनुष रहेको बताए। यसमा समयमा कर्जा समयमा सेवा सुबिधाहरु दिन अझै प्रतिबद्ध रहेको बताए । 

संस्थाको कारोवार ३४३१८००० लगभगको हाराहारीमा कारोबार भएको बताईएको छ । 

सो कार्यक्रममा बिशिस्ट अतिथी वडा नं २ का अध्यक्ष लक्ष्मी साह, ६ का अध्यक्ष ऋषिकेश लामा, साना किसान कृषि सहकारी धनुषा गोबिन्दपुरका अध्यक्ष प्रभु नारायण साह लगायतका रहेका थिए ।

  • 10%
  • 4%
  • 6%
  • 4%
  • 5%
  • 68%

जसपामा दलको नेता चयन गर्न चुनाव हुने, यादवलाई टेरेन राउत

  • २०७९ पौष २४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ । जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन

पूरा पढ्नुहोस्

Bureau Menus