होटल व्यावसायी महासँघ–नेपालको केन्द्रीय सदस्यमा होटल परफेक्ट प्लाजाका सँचालक साह चयन
जनकपुरमा रहेको सुविधायुक्त होटलमध्ये उनले सँचालन गरेको होटल परफेक्ट प्लाजा विदेशीहरुको पसँदमा पर्दै आएको छ । आन्तरिक पर्यटकलाई समेत लोभ्याएको परफेक्ट प्लाजाको सँचालनबाटै उनलाई मधेश प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा चुनिएको हो ।

२०७९ पुस २२ शुक्रबार, राति ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित होटल परफेक्ट प्लाजाका सँचालक एवम् होटल व्यावसायी प्रदीप कुमार साह होटल व्यावसायी महासँघ नेपालको केन्द्रीय सदस्यमा चुनिएका छन् ।
होटल व्यावसायी महासँघ नेपालको काठमान्डौँस्थित भएको १० औँ वार्षिक साधारण सभा तथा चौथो महाधिवेशनबाट साह केन्द्रीय सदस्यमा चुनिएका छन् ।

जनकपुरको रामानन्दचोकस्थित होटल परफेक्ट प्लाजाका सँचालक रहेका साहलाई मधेश प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा चुनिएको हो । उनी चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् ।
जनकपुरमा रहेको सुविधायुक्त होटलमध्ये उनले सँचालन गरेको होटल परफेक्ट प्लाजा विदेशीहरुको पसँदमा पर्दै आएको छ । आन्तरिक पर्यटकलाई समेत लोभ्याएको परफेक्ट प्लाजाको सँचालनबाटै उनलाई मधेश प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा चुनिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…