दबाई बोकेको ट्रकमा ३९० लिटर दारु
ट्रक र लोड रहेको अन्दाजी ३ सय ९० लिटर घरेलु मदिरा तथा बिभिन्न किसिमका औषधीहरू नियन्त्रणमा लिई सो ट्रकमा लोड रहेको मदिरा, औषधी र गाडीको २० लाख रुपैयाँ मूल्याङ्कन गरी जम्मा एक करोड ३४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ बराबरको ट्रक र सो भित्र लोड रहेको औषधी तथा घरेलु मदिरा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहिबार नै आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगञ्ज पर्सामा पठाइएको प्रवक्ता गिरीले जानकारी गराए ।

२०७९ पुस २२ शुक्रबार, बिहान १०:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सा प्रहरीले अवैध घरेलु मदिरा लोड रहेको ट्रक र चालक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर श्रीराम पछाडि खाली चौरबाट चालकसहित ना ६ ख ७२६ नम्बरको मालवाहक ट्रकमा नियन्त्रणमा लिएको हो ।
इन्स्पेक्टर मल्ल नेतृवको टोलीले प्रहरीले विहिबार विहान पौने ८ बजेको समयमा नियन्त्रणमा लिएको मालवाहक ट्रकमा अवैध घरेलु मदिरा ३९ पोकामा प्रति पोका १० लिटरका दरले जम्मा ३ सय ९० लिटर लोड रहेको रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कन्टेनर ट्रकमा त्रिभुवन विमानस्थल काठमाडौँबाट पैठारी प्रज्ञापनपत्र अनुसार एक करोड १४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ बराबरको विभिन्न औषधीहरूसमेत लोड रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने ट्रक चालक वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० प्रसौतीपुर बस्ने वर्ष २८ को सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
ट्रक र लोड रहेको अन्दाजी ३ सय ९० लिटर घरेलु मदिरा तथा बिभिन्न किसिमका औषधीहरू नियन्त्रणमा लिई सो ट्रकमा लोड रहेको मदिरा, औषधी र गाडीको २० लाख रुपैयाँ मूल्याङ्कन गरी जम्मा एक करोड ३४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ बराबरको ट्रक र सो भित्र लोड रहेको औषधी तथा घरेलु मदिरा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहिबार नै आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगञ्ज पर्सामा पठाइएको प्रवक्ता गिरीले जानकारी गराए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…