कमला नगरपालिकाका मेयर यादव भन्छन- 'नगरपालिका सँचालनको प्रक्रियामा छ'
उनले भने, –“कि त मेयर साहबले हिसाब सार्वजनिक गर्न आदेश दिनुपर्यो, म उहाँको सचिव हुँ, मेयर साहब मेरो हाकिम हुनुहुन्छ, उहाँको आदेशबिना गर्न सक्ने अवस्था छैन, मैले उहाँलाई हिसाब बुझाईदिएको छु, अब उहाँ के गर्नुहुन्छ अन्य जनप्रतिनीधिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त्यो उहाँको कार्य हो । मैले आफ्नो जिम्मेवारी बहनको प्रयास गरेको छु । अझै केही समस्या छ भने म त्यो पनि पुरा गर्न तयार छु ।”

२०७९ पुस २० बुधबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विवादै विवादले घेरिएको धनुषाको कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवले नगरपालिका सँचालनको प्रक्रियामा रहेको बताएका छन् ।
महिनौदेखि अलपत्र रहेको कमला नगरपालिकाको कार्यालय हरहिसाब पारदर्शीका अडानपछि बन्द रहँदै आएको नगरपालिका सँचालनको प्रक्रियामा रहेको मेयर यादवले बताएका छन् ।
कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले मेयर यादवलाई हरहिसाब बुझाएपछि नगरपालिका सँचालनको प्रक्रियामा रहेको बताइएको छ ।
न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर यादवले अधिकृत ठाकुरले हरहिसाब बुझाएको स्वीकार गर्दै अब नगरपालिका सँचालनको प्रक्रियामा रहेको बताए ।
स्थानीयहरु आक्रोसित हुँदै गएको सन्दर्भमा मेयर यादवले अब सँचालनको प्रक्रियामा रहेको सार्वजनिक अभिव्यक्ति दिए । यद्यपि, अधिकृत ठाकुरले पूर्ण हिसाब नदिएको पनि बताए । उनले भने, –“हाकिम साहबले हिसाब दिनुभएको छ, तर अझै क्लीयारिटीको आवश्यक छ । हामी आफैँ हिसाब सार्वजनिक गर्नेछौँ, नगरपालिका सँचालनको प्रक्रियामा छ ।”
समाजिक सँजालमा मेयर, उपमेयरसहित अधिकृतप्रति समेत स्थानीयहरुले आक्रोस देखाएपछि उनले जनप्रतिनीधिको काम, कर्तव्य आफूमाथि थुपार्न नहुने बताए । उनले मेयर नै आफ्नो हाकिम रहेको बताउँदै आफ्नो माथिल्लो तहलाई हिसाब बुझाईदिएको दाबी गरे ।
उनले भने, –“कि त मेयर साहबले हिसाब सार्वजनिक गर्न आदेश दिनुपर्यो, म उहाँको सचिव हुँ, मेयर साहब मेरो हाकिम हुनुहुन्छ, उहाँको आदेशबिना गर्न सक्ने अवस्था छैन, मैले उहाँलाई हिसाब बुझाईदिएको छु, अब उहाँ के गर्नुहुन्छ अन्य जनप्रतिनीधिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त्यो उहाँको कार्य हो । मैले आफ्नो जिम्मेवारी बहनको प्रयास गरेको छु । अझै केही समस्या छ भने म त्यो पनि पुरा गर्न तयार छु ।”
यता, मेयर यादवले हिसाब बुझेको स्वीकार गर्दै अपूर्णताको जिकिर गरे । उनले हिसाबप्रति असन्तुष्टि व्यक्त गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…