जनकपुर : परीक्षामा कडाईगरेपछि कलेज उपर पत्थरबाजी !
न्यूज ब्यूरो || जनकपुरधाम, १४ बैशाख । नेपाल परीक्षा बोर्डद्धारा जारी कक्षा १२ को परीक्षा अन्तर्गत आज प्रथम दिन अँग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । विहान ७ बजेदेखि सुरु भएको परीक्षामा जनकपुरमा अत्यधिक कडाई गरेपछि परीक्षार्र्थीहरु आक्रोसित भएको देखियो । केही बर्षयतादेखि जनकपुरको परीक्षा अवस्था अत

२०७५ बैशाख १४ शुक्रबार, दिउँसो १:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १४ बैशाख । नेपाल परीक्षा बोर्डद्धारा जारी कक्षा १२ को परीक्षा अन्तर्गत आज प्रथम दिन अँग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।
विहान ७ बजेदेखि सुरु भएको परीक्षामा जनकपुरमा अत्यधिक कडाई गरेपछि परीक्षार्र्थीहरु आक्रोसित भएको देखियो ।
केही बर्षयतादेखि जनकपुरको परीक्षा अवस्था अत्यधिक विग्रेको भन्दै जनगुनासो र मिडियावाजी भएपछि जनकपुरमा यसपाली परीक्षामा अत्यधिक कडाई गरेको हो ।
शुक्रवारदेखि सुरु भएको कक्षा १२ को परीक्षाको पहिलो दिन अँग्रेजी विषयको परीक्षा दिएर बाहिर निस्केका परीक्षाहरु आक्रोसित हुँदै कैयौँ कलेज उपर पत्थरवाजी समेत गरेका हुन् ।
परीक्षा समापन गरी बाहिर निस्केका परीक्षाहरु जनकपुरको धनुषा साईन्स क्याम्पस, मोडेल क्याम्पसमा विवाद सिर्जना गरेको देखियो ।
परीक्षामा कडाई गरेपछि विच्चलीमा परेका परीक्षार्थीहरुले आक्रोसित हुँदै कलेज व्यवस्थाक विरुद्ध नारावाजी समेत गरिएको थियो । 
नाराबाजी गर्दै परीक्षार्थीहरुले पत्थरवाजी समेत गरेको जनाइएको छ । यसैबीच परीक्षाबाट निस्केर उग्रता मचाएका एक परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ समेत गरेको जनाइएको छ ।
जनकपुरको मोडेल क्याम्पस केन्द्रबाट परीक्षा दिएर निस्केपछि चोरी गर्न पाउनुपर्छ भन्दै कलेज व्यवस्थापन विरुद्ध अपशब्द र उग्रता मचाएको भन्दै प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
जनकपुरमा परीक्षा अमर्यादित र चिटचोरीमा प्रथम रहेको भन्दै विभिन्न सँचार माध्यममा समाचार आएपछि एक्सनमा आएका परीक्षा केन्द्रका अनुगमन टोलीले परीक्षामा कडाई गरेका हुन् ।
यसका साथै जनकपुरको हरेक परीक्षा केन्द्रका केन्द्राध्यक्षले समेत परीक्षा मर्यादीत बनाउन सक्रियता देखाएका छन् भने परीक्षा मर्यादित बनाउन कडाई गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…