'प्रभु' ब्रेकअप गरी ओलीसँग किरन साह
कांग्रेसका मो।फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए ।

२०७९ पुस १९ मंगलबार, दिउँसो १:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौटहट २ बाट निर्वाचित सांसद किरण कुमार शाह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा र टीका लगाएर एमालेमा प्रवेश गराएका हुन् । यो सँगै प्रतिनिधसभामा एमाले एक सिट बढेको छ ।
प्रभु शाहले किरणलाई आफ्नो पार्टीमा राखेपनि उनले अस्वीकार गर्दै एमाले रोजेका हुन् । जसपासँगको भागवण्डाका कारण सो क्षेत्र एमालेले गुमाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडेका थिए ।
चापाकल चिन्हबाट चुनाव लडेका शाहले ३२ हजार ८४२ मत पाएका थिए ।
कांग्रेसका मो।फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए ।
यसअघि ०७४ मा तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…