काठमान्डौँबाट उडेको बुद्ध एयरको जहाज जनकपुरको आकाशबाटै पुनः काठमान्डौँ फर्कियो
जनकपुर क्षेत्रमा मौसम खराब र बाक्लो हुस्सु लागेको छ । एयरपोर्टमा भिजिबिलिटी अन्त्यन्त कमजोर भएपछि जहाज फिर्ता भएको बताइएको छ ।

२०७९ पुस १४ बिहीबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौबाट जनकपुरको लागि उडेको बुद्ध एयर जहाज पुनः काठमान्डौ नै फर्किएको छ ।
साँझ ५ः२० बजेको लागि भनिएको बुद्ध एयरको यु–४ ५०७ नम्बरको एडिआर जहाज जनकपुरको आकाशबाटै पुनः काठमान्डौँ फर्किएको हो ।
साँझ ५ः२० बजेको बुद्ध एयरको सो जहाज बेलुकी ७ः३० मात्र उडान भरेको थियो । दुई घण्टा ढिलो गरी उडेको सो जहाज जनकपुरको आकाशबाट फर्किएको हो ।
जनकपुरधामस्थित एयरपोर्टमा भिजिबिलिटी नभएको भन्दै जहाज पुनः काठमान्डौँ फर्किएको बताईएको छ ।

जनकपुरको आकाशमा करिब १५ मिनेटसम्म गोलगोल घुमेको जहाज केही बरेपछि पुनः काठमान्डौको लागि फिर्ता भएको सोही जहाजका यात्रु सुरेन्द्र यादवले बताए ।
जनकपुर क्षेत्रमा मौसम खराब र बाक्लो हुस्सु लागेको छ । एयरपोर्टमा भिजिबिलिटी अन्त्यन्त कमजोर भएपछि जहाज फिर्ता भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…