सिरहाः सशस्त्र प्रहरी र नेपाल प्रहरीद्धारा छापामारी, ३१ लाखको अवैद्य समान बरामद
यसका साथै, ब्रम्हदेव महतोको घरमा र श्रीनारायण यादवको घरमा समेत लुकाएर राखिएको भन्सार छलीको समानहरु भन्सार कार्यालय बुझाईएको हो ।

२०७९ पुस १४ बिहीबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले एकै दिन ३१ लाख मूल्य बराबरको समान बरामद गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा र सशस्त्र प्रहरी बल सिरहाबाट खटि गएको सँयुक्त टोलीले बुधबार मात्र ३१ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरेको हो ।
बुधबार राती २ बजे र दिउँसो समेत दुई ठाउँमा छापामारी गर्दा ३१ लाख बढी मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय सिरहा बुझाएको हो ।
नवराजपुरस्थितबाट बुधबार राती करिब २ बजेको समयमा विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोलीले सँजय महतोको घरमा जम्मा गरि राखिएको १६ लाख मूल्य बराबरको समान बरामद गरेको हो ।
भन्सार छली गरी भारतबाट चोरीलुकी ल्याएको समान विशेष सूचनाको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, सोही दिन दिउँसो स्थानीय विनोद यादवको घरमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरी भन्सार बुझाईएको हो ।
सीमामा सिरहा प्रहरीले कडाई गरेपछि अन्य चोरबाटोबाट सर–समानहरु भन्सार छली गरी ल्याउँदा छापामारी समेत गर्नुपरेको डिएसपी बुढाथोकीले जानकारी दिए ।
यसका साथै, ब्रम्हदेव महतोको घरमा र श्रीनारायण यादवको घरमा समेत लुकाएर राखिएको भन्सार छलीको समानहरु भन्सार कार्यालय बुझाईएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…