दलितलाई मन्दिर प्रवेश र पूजा गर्न दिइएन, दिए यस्तो धम्की !
न्यूज ब्यूरो || जनकपुरधाम, १४ बैशाख । रौतहट जिल्लाको फतुवा विजयपुरमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदै पूजापाठ समेत गर्न दिइएनन् । गत बैशाख ७ गतेका दिन फतुवा विजयपुर नगरपालिका वडान नं. ११ भठीरागी टोल निवासी सुकदेव महराले आफनो कुलदेवता शोखा महराजको पूजा प्रारम्भ गर्नको लागी गाउँकै ब्रह्म स्थ

२०७५ बैशाख १४ शुक्रबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १४ बैशाख । रौतहट जिल्लाको फतुवा विजयपुरमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदै पूजापाठ समेत गर्न दिइएनन् ।
गत बैशाख ७ गतेका दिन फतुवा विजयपुर नगरपालिका वडान नं. ११ भठीरागी टोल निवासी सुकदेव महराले आफनो कुलदेवता शोखा महराजको पूजा प्रारम्भ गर्नको लागी गाउँकै ब्रह्म स्थानमा जाँदा रोक लगाइएको हो ।
देवी देवताको मन्दिर सार्वजनिक रुपमा पूजिने भएपनि ब्रहम सथानमा पूजा गर्न जाँदा त्यहाँ स्थित थारु समुदायले पूजा गर्नबाट रोक लगाएको कुरा झण्डै एक सातापछि बाहिर आएको हो ।

पूजा गर्न जाने समुदाय दलित (चमार) समुदायबाट भएकै कारण उनीहरुलाई पूजाआजा गर्न नदिएको बताइएको छ । 
स्थानीय ननदलाल चौधरी , बजरँगी चौधरी, फिरत चौधरी, पारस चौधरी, हरीलाल चौधरी लगायतले बिभिन गालीगलौज, अपशबद प्रयोग गरी चमार समुदायका महिलाहरूमाथी हातपात समेत गरेको पीडितहरुले बताएका छन् ।
युवाहरू जिर्योधन चौधरी, भजन चौधरी, लालु चौधरी, हरी चौधरी लगायतका ठुलो समुहमा आएका युवा तथा महिलाहरूले बलपूर्वक जबरदस्ती महिलाहरुमाथी हातपात गदैॅ मन्दिर प्रवेशमा समेत रोक लगाएको जानकारी छ ।
पूजा गर्न जाँदा स्थानीय ती युवाहरुले बल प्रयोग गर्दा बढेको विवादपछि झडप समेत भएको थियो भने मन्दिर प्रवेश गरेको अवस्थामा कुटपिट, महिलालाई दुव्र्यवहार र जेपनि गर्ने धम्की समेत दिइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…