रौतहटको चिनी मिलमा टवाईन ब्लास्ट, करोडौँका क्षति
मिल संचालक बैजुनाथ साहका अनुसार उखु क्रसिङ गरिरहेका अवस्थामा अचानक टवाइन ब्लास्ट भएको थियो । टवाइन ब्लास्ट हुँदा झण्डै ५ करोडको क्षति भएको उनले बताए । मिल पनि बन्द भएको छ ।

२०७९ पुस १२ मंगलबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा सञ्चालनमा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टवाइन ब्लास्ट हुँदा करोडौँको क्षति भएको छ । कटहरिया नगरपालिका ९ डुमरियामा रहेको सो चिनी मिलमा मंगलबार टवाइन ब्लास्ट भएको हो ।
मिल संचालक बैजुनाथ साहका अनुसार उखु क्रसिङ गरिरहेका अवस्थामा अचानक टवाइन ब्लास्ट भएको थियो । टवाइन ब्लास्ट हुँदा झण्डै ५ करोडको क्षति भएको उनले बताए । मिल पनि बन्द भएको छ ।
प्राविधिक टोली भारतबाट आउँदै छ । केही दिनमा चिनि मिल पुनः सञ्चालन हुन्छ, उनले भने । चिनि मिल बन्द हुँदा किसानले बिक्रीको लागि ल्याएको उखु अलपत्र परेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…