धनुषा प्रहरीको Dog टोलीले दिलिपलाई ईसारा गरेपछि खुल्यो कविता हत्याको पोल
पक्राउ परेका दिलिप साहलाई धनुषा जिल्ला आदालतवाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको धनुषाका प्रहरी उपरीक्षक एसपी खडकाले जानकारी दिए ।

२०७९ पुस १२ मंगलबार, बेलुकी ५:५४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सोमबार साँझ भएको विभत्स हत्या प्रकरणमा आफ्नै भतिजो रहेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले २४ घण्टा नबित्दै घटनामा सँलग्न भतिजोलाई पक्राउ गरेको छ । पर्याप्त सबुतको आधारमा आफ्नै जेठाजुको छोराले काकीको हत्या गरेको खुलेको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं. ७ बेलापट्टि बस्ने स्थानीय श्रीराम साहकी श्रीमति कविता साहलाई उनकै जेठाजुको छोरा अन्दाजी बर्ष २० को दिपिल साहले हत्या गरेको खुलेको छ ।
बाँसको मुँग्रो प्रहार गरी रक्ताम्य अवस्थामा हत्या गरेको खुलेको छ । दिलिपको शरिर र केही कपडामा समेत रगत लागेको देखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
धनुषामा नयाँ हाजिर भएका एसपी विश्वराज खडकाले घटनाको २४ घण्टा नबित्दै मुख्य आरोपितलाई अदालतमा उभ्याएका छन् । उनले प्रहरीको डग टोलीको मदतले दिलिपसम्म पुग्न सफल भएको बताएका छन् ।
सम्बन्धित समाचारः

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…