शिशु जन्माएर अस्पतालमै शिशु छाडेर युवती फरार
नवजात शिशुलाई ओसीएमसी संस्थाको जिम्मा लगाई अस्पतालमा राखिएको तथा बच्चाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

२०७९ पुस १२ मंगलबार, दिउँसो १:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा नवजात शिशुलाई अस्पतालमा फालेर एक युवती फरार भएकी छन् ।
सोमबार दिउँसो करिब १ बजेको समयमा भारतको बिहार राज्य जिल्ला सितामडी सोनवर्षा बस्ने २२ वर्षीया युुवती गर्भवती भई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएकी थिइन् ।
अस्पतालको ट्वाईलेटमा गई सुत्केरी भई छोरा पाई छाडी युवती भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नवजात शिशुलाई ओसीएमसी संस्थाको जिम्मा लगाई अस्पतालमा राखिएको तथा बच्चाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…