सर्लाहीको दुई चिनीउद्योग सँचालन
उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा किसान भने निराश भएका छन् । बिनामूल्य उधारोमा बेच्नुपर्ने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरेका छन् । उखुको मूल्य तोक्न सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

२०७९ पुस १० आइतबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सरकारले उखुको मूल्य निर्धारण नगर्दै चिनी उद्योग धमाधम सञ्चालनमा आउन थालेका छन् ।
मुलुकमै सबैभन्दा धेरै उखु खेती हुने र धेरै चिनी उद्योग रहेको सर्लाहीमा दुईवटा चिनी उद्योग सञ्चालनमा आएका छन् । हरिवनको इन्दुशंकर चिनी उद्योग र बगदहको महालक्ष्मी चिनी उद्योगले उखु क्रसिङ थालेका हुन् । धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग भने सञ्चालनबारे अन्योल छ ।
देशकै सबैभन्दा ठूलो क्षमताको इन्दुशंकर चिनी उद्योगले दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता राख्ने उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिएका छन् ।
उति नै क्षमता रहेको महोत्तरी, गौशालाको एभरेस्ट सुगर मिल सञ्चालनमा आइसकेको छ । सर्लाही, महोत्तरी, सिरहा, बारालगायत तराईका जिल्लाका सबैजसो चिनी उद्योग केही दिनअघिदेखि सञ्चालनमा आएका छन् ।
उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा किसान भने निराश भएका छन् । बिनामूल्य उधारोमा बेच्नुपर्ने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरेका छन् । उखुको मूल्य तोक्न सरकारले बेवास्ता गरेको उनको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…