जनकपुरमा मोदीको स्वागत तयारी युद्धस्तरमा हुँदै
न्यूज ब्यूरो || जनकपुरधाम, १३ बैशाख । आगामी अन्तिम बैशाखमा जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारी तीव्र पारिएको छ । मोदीको जनकपुरधाममा भव्य स्वागतको तयारी सुरु भएको छ । मोदीको प्रदेश सरकारले अभिनन्दन गर्नेछ ।ऐतिहासिक एवं धार्मिक बारहबिघा (रंगभूमी) मैदानमा मोदी हेलिकोप्

२०७५ बैशाख १३ बिहीबार, बिहान १०:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १३ बैशाख । आगामी अन्तिम बैशाखमा जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारी तीव्र पारिएको छ ।
मोदीको जनकपुरधाममा भव्य स्वागतको तयारी सुरु भएको छ । मोदीको प्रदेश सरकारले अभिनन्दन गर्नेछ ।ऐतिहासिक एवं धार्मिक बारहबिघा (रंगभूमी) मैदानमा मोदी हेलिकोप्टरबाट आउने छ ।
त्यहाँबाट करिब १ किलोमिटर टाढा रहेको जानकी मन्दिरमा उनी दर्शन पुजाका लागि जाने छन् ।
जानकी मन्दिरमा दर्शन पुजा गरेपछि बारह बिघा मैदानमा नै उनको नागरिक अभिनन्दन गरिने स्वागत मूल समारोह समितिका संयोजक समेत रहेका मुख्यमन्त्री मो।लालबाबु राउतले जनाए ।जानकी मन्दिरमा मोदीले विशेष पुजा गर्ने छन् । 
उनको पूजाका लागि जानकी मन्दिरले विदूान पण्डितहरुको व्यवस्था गरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए ।प्रधानमन्त्री मोदीको मन्दिर परिसरमा मन्दिरका मुख्य महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रोशनदास लगायत सिमित व्यक्तिहरुले स्वागत गर्ने बताईएको छ ।
बारहबिघादेखि जानकी मन्दिर सम्म पैदल अथवा मोटरमा जाने टुंगो लागि नसकेको मुख्यमन्त्री राउतले बताए ।
बारहबिघामा हेलिकोप्टर अवतरण गर्ने र त्यहाँबाट जानकी मन्दिर जाने तय भएको छ, उनले भने सवारी साधनबाट अथवा पद यात्रा हुने सुरक्षा अधिकारीहरुसितको छलफलबाट निर्णय गरिनेछ ।
बारहबिघामा हुने नागरिक अभिनन्दनको सम्पूर्ण तयारी प्रदेश सरकारले गरिरहेको उनले बताए । नागरिक अभिनन्दन, मन्दिरमा पूजाको कार्यक्रममा सरिक गराउने सबै कार्य प्रदेश सरकारले नै गरिरहेको छ, मुख्यमन्त्री राउतले भने, प्रदेश सरकारले नै नागरिक अभिनन्दन गर्ने छ ।
मुख्यमन्त्री लालबाबुले प्रदेश नम्बर २ को जनताको तर्फबाट प्रधानमन्त्री मोदीलाई अभिनन्दन पत्र वाचन गरी सम्मान गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्रीको भ्रमणलाई ऐतिहासिक बनाउन विशेष तयारी गर्ने निर्णय मन्त्रीपरिषदको मंगलवार राती बसेको बैठकले गरेको सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री विजय कुमार यादवले जनाए । 
मुख्यमन्त्रीको संयोजकत्वमा मुल स्वागत समिति र अन्य ५ वटा समितिहरु ग्ठन गर्ने निर्णय भएको उनले बताए ।
आवश्यकता अनुसार अन्य उपसमितिहरु गठन गरिने मन्त्री यादवले जनाए । बारहबिघादेखि जानकी मन्दिर जाने बाटोमा सडक फराकिलो कार्य भइरहेकाले हाल त्यसलाई रोकेर व्यवस्थित गर्न उपमहानगर पालिकालाई आग्रह गरिएको बताउँदै उनले भने, बाटोका सबै घरहरुलाई सफा सुग्घर बनाएर स्वागतव्दार, तुल बैनरहरु, कलश, फुलमालाले सजाइने छ । आजको जनकपुर टुडेमा समाचार छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…