धनुषामा भईरहेको बालविवाह बीचमै रोकियो, गाउँमा खैलाबैला !
विनय कुमार यादव || जनकपुरधाम, १३ बैशाख । धनुषा जिल्लामै पहिलो पटक भइरहेको अवस्थामा बालविवाह रोकिएको छ । उमेर नपुगेको तथा बालविवाह गर्न लागेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त बालविवाह रोकाएका हुन् । धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता टोलमा बुधबार राती करिब १०ः१५ बजे विवाहको लागि व

२०७५ बैशाख १३ बिहीबार, बिहान ९:२२ बजे२ मिनेट पढाइ

विनय कुमार यादव ||
जनकपुरधाम, १३ बैशाख । धनुषा जिल्लामै पहिलो पटक भइरहेको अवस्थामा बालविवाह रोकिएको छ ।
उमेर नपुगेको तथा बालविवाह गर्न लागेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त बालविवाह रोकाएका हुन् ।
धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता टोलमा बुधबार राती करिब १०ः१५ बजे विवाहको लागि विधिविद्यान भईरहेकै अवस्थामै प्रहरी टोली पुगेर विवाह रोकाएका हुन् ।
पर्वता बस्ने श्यामपृत महतोकी वर्ष १५ की अनिता कुमारी महतो एवम् गाउँकै छिमेकी जागेश्वर महतोका वर्ष १८ का मिथिलेश कुमार महतोबीच हुन लागेको वैवाहिक कार्यक्रम रोकिएको हो । 
बालविवाह भईरहेको खवर स्थानीय एक व्यक्तिले जिल्ला प्रहरी कार्यालय धनुषामा फोन मार्फत नै उजुरी गरेपछि तत्कालै एक्सनमा आएका धनुषा प्रहरीले नजिक पर्ने प्रहरीचौकी उमाप्रेमपुरबाट खटि गएको टोलीले वैवाहिक कार्यक्रम रोकेको ब्यूरो रिपोर्टर विनय कुमार यादवले रिपोर्ट गरेका छन् ।
प्रहरीचौकी उमाप्रेमपुरका ईन्चार्ज धर्मराज ढकालको नेतृत्वमा गएको टोलीले उक्त बालविवाह रोकाएको जनाइएको छ ।
प्रहरीका अनुसार, अनिता र मिथिलेश एकअर्काको प्रेम सम्बन्धमा भएकोले केही अन्यथा नहोस भनेर अभिभावकहरुले बलपूर्वक दुवै जनाको विहे गराउन लागेको भन्दै उजुरीको आधारमा तत्कालै पुगेर बालविवाहको कार्यक्रम रोकिएको हो ।
अनिताको घरको २/ ३ घर पर मात्र मिथिलेसको पनि घर रहेको छ । विगत केही महिनादेखि दुवै जना प्रेम सम्बन्धमा रहेको थापापाएपछि स्थानीयहरुको रोहबरमै अभिभावकहरुले विवाह तय गरेको बताइएको छ ।
एउटै टोलमा भएपनि जन्ती सजाएर जान लागेका मिथिलेसको जन्तीलाई प्रहरीले रोक्दै उक्त विवाहमा रोक लगाएका हुन् ।
बालविवाह कानुन विपरित भएको भन्दै त्यो विवाह रोकिएको प्रहरीले जनाएको छ ।
यता, अनिता र मिथिलेशको विवाह रोकिएपछि गाउँमा खैलाबैला मच्चिएको छ । हुन लागेको विवाहबीचै रोकिएपछि दुवै पक्षबाट भएको आर्थिक खर्च लगायत आफन्तहरुमा नराम्रो प्रभाव परेको भन्दै यसलाई नाकारात्मक लिइएको छ । 
गाउँमै पहिलो पटक यस्तो भएपछि स्थानीयवासिन्दाहरुले आपत्ति जनाएका छन् भने वडा नं. ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोले समेत विवाहको विरोध जनाएका हुन् ।
न्यूज ब्यूरोसँग कुरा गर्दै वडाध्यक्ष महतोले भने - "बालविवाह समाजिक अपराध हो, गैर कानुन िर कानुन विपरित हो, हरेक ठाउँमा बालविवाह विरुद्ध चर्को नारा गुञ्जिरहेको बेला पनि यस्तो हुनु दुःखद् हो । समाजिक विकृति त हो, तर अभिभावकको बाध्यता पनि उतिकै हो, यस्तोमा समझदारी र सहमतिकै आधारमा जानु वेश हुन्छ ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…