पाँच महिना बितिसक्दा पनि धनुषाको कमला नगरपािलका र नगराइनले ल्याउन सकेन बजेट
कमला नगरपालिकामा भोली आईतबार हरहिसाब पारदर्शीपछि नगरपालिका सँचालन हुने भएको छ भने नगराईन अझै अनिश्चित बनेको छ ।

२०७९ मंसिर २४ शनिबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना बित्नलाग्दा पनि देशभरका ८ वटा स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन् ।
असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने बजेट ती स्थानीय तहले मंसिर बित्नलाग्दा पनि सार्वजनिक गर्न सकेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ७४५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् ।
बजेट पेस नगरेका ८ स्थानीय तह मध्ये मधेस प्रदेशका ७ स्थानीय तहहरू रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

मधेस प्रदेशका कुल १३६ स्थानीय तह मध्ये १२९ स्थानीय तहले मात्र बजेट पेस गरेको पाइएको छ भने धनुषा जिल्लामा मात्र दुई स्थानीय तहले बजेट ल्याउन असक्षम देखिएको छ ।
धनुषाका १८ स्थानीय तहमध्ये कमला नगरपालिका र नगराइन नगरपालिकाले अझै बजेट प्रविष्ट गर्न सकेका छैनन् ।
आन्तरिक विवादको कारण कमला नगरपालिका र नगराईन नगरपालिकाले मँसिर सकिन्न लाग्दा पनि बजेट ल्याउन सकेका छैनन् । नगराईन नगरपालिकामा तालाबन्दी भएको छ भने कमला नगरपालिकामा हरहिसाबको विवाद हुँदा अmभै बजेट ल्याउन सकिएको छैनन् ।
कमला नगरपालिकामा भोली आईतबार हरहिसाब पारदर्शीपछि नगरपालिका सँचालन हुने भएको छ भने नगराईन अझै अनिश्चित बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…