सिरहामा कलभर्टको पाइपमुनी जिउँदै नवजात शिशु फेला
शिशु छोरा रहेको २.८ किलोका रहेको छ र स्वास्थ्य अवस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।

२०७९ मंसिर १५ बिहीबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा आज (विहिबार) बिहानै कलभर्टको पाइपमुनी सालनालसहितको नवजात शिशु फेला परेको हो ।
सिरहा जिल्लाको बरियारपट्टी गाँउपालिका वडा नम्बर ३ स्थित सालनालसहितको नवजात शिशु फेला परेको हो ।
बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा आज विहान सालनाल सहित छोरा शिशु भेटिएको हो । स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अवस्थामा उक्त बच्चा भेटिएको हो ।
बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको छ ।
शिशु छोरा रहेको २.८ किलोका रहेको छ र स्वास्थ्य अवस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।
उक्त शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाउने तयारी भई रहेको प्रहरीले जनाएको छ । स्थानियका अनुसार उक्त बच्चा अबैध सम्वन्धबाट भएकोले लोकलाजका कारण फालिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…