लामखुट्टे निराकरण गर्न मेयर बरबरियाले ल्याए "फोगी मेसिन "
न्यूज ब्यूरो || जनकपुरधाम, १० बैशाख । गर्मी र बर्षातको मौसमसँगै बढेको लामखुट्टेबाट बच्नको लागि फोगी मेसिन ल्याइएको छ । धनुषाको शहिदनगर नगरपालिकामा धुँवा मेसिनबाट धुँवा मार्फत लामखुट्टे निराकरण गर्ने उदेश्यका साथ फोगी मेसिन ल्याइएको नगर प्रमुख उदय कुमार बरबरियाले न्यूज ब्यूरोसँग भने । गर्मीको मौसम तथ

२०७५ बैशाख १० सोमबार, राति ११:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १० बैशाख । गर्मी र बर्षातको मौसमसँगै बढेको लामखुट्टेबाट बच्नको लागि फोगी मेसिन ल्याइएको छ ।
धनुषाको शहिदनगर नगरपालिकामा धुँवा मेसिनबाट धुँवा मार्फत लामखुट्टे निराकरण गर्ने उदेश्यका साथ फोगी मेसिन ल्याइएको नगर प्रमुख उदय कुमार बरबरियाले न्यूज ब्यूरोसँग भने ।
गर्मीको मौसम तथा बर्षायाममा वातावरण प्रदुषितका साथै लामखुट्टेको सँख्यामा वृद्धि हुने भएकाले पुर्व योजना अनुसार धुवाँ मेसिनले प्रभावित गर्ने उदेश्यका साथ मेसिन ल्याइएको हो ।
लामखुट्टेको टोकाईबाट बालबालिका तथा गर्भवति महिला एवम् बृद्धबृद्धामा समेत विभिन्न प्रकार रोगहरु लाग्ने सम्भावनालाई मध्यनजर गर्दै मेयर बरबरियाको पहलमा प्रत्येक वडामा फोगी मेसिनले औषधीयुक्त धुँवा छर्कने कार्य गरिने जनाइएको छ ।
नगरपालिकामै मात्र नभई त्यस क्षेत्रमै पहिलो पटक फोगी मेसिन गएपछि हेर्नेहरुको भीड लागेको थियो भने सोमबारदेखि नै नगरपालिकाकै वार्ड नम्बर ९ गोयठकोयलपुरबाट लामखुट्टे मार्न औषधी छर्कने कार्य प्रारम्भ गरिएको छ ।
प्रत्येक दिन आवश्यक परेको बेलामै धुवाँ मेसिन मार्फत प्रत्येक वडामा लामखुट्टेको औषधी छर्कने मेयर बरबरियाले भने ।
धनुषामा जनकपुर उपमहानगरपालिकापछि मात्र शहिदनगर नगरपालिकामा फोगी मेसिन प्रयोगमा ल्याइएको हो ।
उक्त मेसिनको प्रयोगले लामखुट्टे मार्नुका साथै धुँवाबाट बच्ने लामखुट्टे बाँझो हुने गरेकोले त्यो मेसिन प्रयोगमा ल्याइएको जनाइएको छ ।
फोगी मेसिन नगरपालिकामा ल्याइएपछि नगरवासी हर्षित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…