धनुषामा रोकी राखेको बसमा आगलगि, बाडी जलेर ध्वस्त
विनय कुमार यादव || जनकपुरधाम, १० बैशाख । धनुषाको धनुषाधाममा रोकी राखेको बसमा अचानक आगलगि हुँदा बसको बाडी जलेर ध्वस्त भएको छ । जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८१४ नम्बरको बस धनुषाधाम वन कार्यालय अगाडी रोकि राखेको अवस्थामा केही बेर अगाडी अर्थात् करिब ४ :३० बजे आगलगि हुँदा बसको बाडी पूर्ण रुपमा जल

२०७५ बैशाख १० सोमबार, दिउँसो ४:५० बजे१ मिनेट पढाइ

विनय कुमार यादव ||
जनकपुरधाम, १० बैशाख । धनुषाको धनुषाधाममा रोकी राखेको बसमा अचानक आगलगि हुँदा बसको बाडी जलेर ध्वस्त भएको छ ।
जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८१४ नम्बरको बस धनुषाधाम वन कार्यालय अगाडी रोकि राखेको अवस्थामा केही बेर अगाडी अर्थात् करिब ४ :३० बजे आगलगि हुँदा बसको बाडी पूर्ण रुपमा जलेर ध्वस्त भएका हुन् ।
बसमा अचानक आगलगि भएपछि स्थानीयहरुले नजिकै रहेको नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित केही मिटरकै दुरीमा रहेको नगरपालिका कार्यालयलाई जनाएपछि तुरुन्तै चौतर्फी सहयोगको लागि पुगेको हो ।
नगरपालिका कार्यालयका बारुण यन्त्रले निभाउने प्रयास जारी राखेका छन् भने केही मिनटमै आगो पूर्णत नियन्त्रणमा आएको तथा बाडी जले पनि बसको ईन्जिन भने बचाउन सफल भएको हो ।
आगो कसरी लागेको बारे यकिन हुन सकेको छैन भने गर्मीको मौसमको भएकोले ब्याट्री सर्ट सर्कीट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…