सप्तरीका मतदाता भन्छन्- 'किसानको समस्या समाधान गर्नेलाई भोट'
उहाँ अझै पनि सीमावर्ती भारतीय बजार कुनौलीको भर पर्नुपरेको बताउनुहुन्छ । “वडाध्यक्षमा जनमत पार्टीले जितेपछि केही राहात भएको थियो ”, अधिकारी भन्नुहुन्छ । विसं २०७४ को निर्वाचनमा यहाँबाट उपेन्द्र यादवलाई जिताएर पठाइयो, उहाँ कृषिमन्त्री पनि बन्नुभयो तर किसानका लागि केही पनि भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउने गछौँ र मेहनत गरेर रोप्छौँ ।”सरकारले गरिब र पीडितका लागि पठाएको राहतसमेत नपाएको गुनासो अधिकारी गर्नुहुन्छ ।

२०७९ कार्तिक २८ सोमबार, बेलुकी ७:१४ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
ती उम्मेदवारले आ–आफ्नो पक्षमा मतदान गर्न विभिन्न माध्यम मार्फतआग्रह गर्दै आएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने महादेवा गाउँपालिकामा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममै व्यस्त छन् ।
अन्य स्थानको तुलनामा महादेवामा अपेक्षाकृतरुपमा विकास नभएको जनाउँदै उम्मदेवारहरुले आफूलाई भोट दिए यस क्षेत्रमा विकासका ठूलाठूला योजना ल्याइदिने आश्वासन बाँड्दै छन् ।
बाटो निर्माण , सिँचाइका ठूला आयोजना र ठूला अस्पताल निर्माण गरिदिने आश्वासन दिँदै हिँडेका उम्मेदवाले त्यहाँका मतदाताको मन भने आकर्षित गर्न सकिरहेका छैनन् । स्थानीयवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमै मलखाद, बीउबिजन र किसान कार्डसहित युवाका लागि रोजगारीको व्यवस्था हुनुपर्ने अपेक्षा गरेका छन् ।
अन्न भण्डारका रुपमा रहेको महादेवामा समयमा मल, बीउ, किसान कार्ड उपलब्ध गराउने उम्मेदवारलाई चयन गर्ने उनीहरुको भनाइ छ ।
महादेवा गाउँपालिका–२ महादेवाका ७० वर्षीया हरिनन्दन अधिकारीले बर्सेनी मल र बीउका लागि आफूहरुले सास्ती भोग्दै आएको गुनासो गर्नुुहुन्छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…