बडही समाज कर्मचारीद्धारा पाठेघर सम्बन्धि निःशुल्क शिविर
न्यूज ब्यूरो || जनकपुरधाम, १० बैशाख । नेपाल बडही समाज केन्द्रीय कर्मचारी तथा बुद्धीजीवी समन्वय समितिद्धारा महिलाहरुको पाठेघर मुखको क्यान्सर सम्बन्धि एक दिने शिविर सम्पन्न गरिएको छ । महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नं. ६ स्थित स्वास्थ्यचौकीमा समितिद्धारा आयोजना गरिएकोे एक दिने निःशुल्क शिविरमा कर

२०७५ बैशाख १० सोमबार, बिहान ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १० बैशाख । नेपाल बडही समाज केन्द्रीय कर्मचारी तथा बुद्धीजीवी समन्वय समितिद्धारा महिलाहरुको पाठेघर मुखको क्यान्सर सम्बन्धि एक दिने शिविर सम्पन्न गरिएको छ ।
महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नं. ६ स्थित स्वास्थ्यचौकीमा समितिद्धारा आयोजना गरिएकोे एक दिने निःशुल्क शिविरमा करिब ७ दर्जन महिलाहरुले निःशुल्क सेवा लिएको जिल्ला स्तरीय कर्मचारी तथा बुद्धिजीवी समन्वय समिति धनुषाका सँयोजक राम नरेश ठाकुरले जनाए ।
एक दिने शिविरमा महिलाहरुको पाठेघर मुखको क्यान्सर सम्बन्धि चेकजाँच सहित निःशुल्क औषधी समेत उपलब्ध गराइएको थियो ।
चेकजाँचपछि पाठेघरमा क्यान्सर देखिएको महिलाहरुको लागि काठमान्डौँको मोडेल हस्पिटलमा ७५ प्रतिशत छुटमा उपचारको लािग सिफारिस समेत गरिएको जनाइएको छ ।
जिल्ला स्तरीय कर्मचारी तथा बुद्धीजीवी समन्वय समिति गठन
यसका साथै, बहडी समाजको जिल्ला स्तरीय कर्मचारी तथा बुद्धिजीवी समन्वय समिति महोत्तरी समेत गठन गरिएको छ ।
नव गठित समितिको अध्यक्षमा बलिराम ठाकुर, उपाध्यक्षमा सुशिला कुमारी ठाकुर, सचिवमा तारा ठाकुर, कोषाध्यष सीता ठाकुरलाई चयन गरिएको छ भने सदस्यहरुमा किरण देवी ठाकुर, सुर्यनारायण ठाकुर, राम सँजय शर्मा रहेका छन् ।
जिल्ला कार्य समिति महोत्तरीका अध्यक्षको अध्यक्षता एवम् बडही समाज केन्द्रीय समितिका अध्यक्ष धनिकलाल ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकमा, नेपाल बडही समाजका केन्द्रीय महासचिव पर्शुराम ठाकुरको विशेष आतिथ्य, बुद्धिजीवी समन्वय समितिका सँयोजक चन्द्रदेव ठाकुर, केन्द्रीय सदस्य मदन ठाकुर लगायत समाजका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…