मधेश प्रदेशको रौतहटमा लाखौँको चिनी र मल बरामद
जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

२०७९ कार्तिक २४ बिहीबार, बिहान ११:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले लाखौं रूपैयाँ मूल्य बराबरको अवैध तवरबाट ल्याइएको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको छ।
भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
बेवारिसे अवस्थामा बरामद गरिएको उक्त परिमाणको चिनी र डिएपी मल जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी मल्लले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…