प्रदेश प्रमुख कायश्थ र राजदुत पुरीबीच रेल्वे निर्माण बारे चर्चा
ब्रम्हानन्द ठाकुर || जनकपुरधाम, ९ बैशाख । भारतको सहयोगमा निर्माण भइरहेको जयनगर जनकपुर बर्दिवास रेल्वेको बारेमा चर्चा गरिएको छ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थ र भारतीय राजदुत मञ्जित सिँह पुरीबीच भएको शिष्टाचार भेटवार्ताको क्रममा तिव्र गतिमा निर्माण भईरहेको नेपाल भारत रेल्वेको बार

२०७५ बैशाख ९ आइतबार, राति ९:३९ बजे१ मिनेट पढाइ

ब्रम्हानन्द ठाकुर ||
जनकपुरधाम, ९ बैशाख । भारतको सहयोगमा निर्माण भइरहेको जयनगर जनकपुर बर्दिवास रेल्वेको बारेमा चर्चा गरिएको छ ।
प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थ र भारतीय राजदुत मञ्जित सिँह पुरीबीच भएको शिष्टाचार भेटवार्ताको क्रममा तिव्र गतिमा निर्माण भईरहेको नेपाल भारत रेल्वेको बारेमा चासो देखाएको जनाइएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा भएको सो भेटवार्तामा दुई देश बिचको आपसी सम्बन्ध तथा समसामायिक बिषयमा कुराकानी भएको छ ।
भेटका क्रममा प्रदेश नं. २ मा भारतको सहयोगमा भईरहेको भारत–अमलेखगँज पाइप लाईन, रेल्वे निमार्ण जस्ता विकासका कार्यहरुबारे राजदुत पुरीले प्रमुख कायस्थलाई जानकारी गराएका थिए ।
आउँदो असोजसम्म रेल्वेको निर्माण कार्य पुरा हुने विश्वास लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…