उमेशलाई माफीनामाको लागि मृतक परिवार सहमत, राय पाकिस्तान रबाना
उमेशलाई माफीको लागि सहमत भएपछि परिवारसँग माफीनामा लिन पाकिस्तान रबाना भएका हुन् ।

२०७५ बैशाख ९ आइतबार, बिहान ८:५७ बजे२ मिनेट पढाइ

काशिन्द्र शर्मा ||
जनकपुरधाम, ९ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादव बचाउको लागि समाजिक अभियन्ता सरोज राय आज पाकिस्तानको लागि प्रस्थान गरेका छन् ।
करिब १२ बर्षअघि सउदी अरेबियामा कामको शिलशिलामा भएको आपसी भनाभनपछि भएको दुर्घटनामा पाकिस्तानी नागरिक मो. लतिपको मृत्यू भएपछि सउदी अदालतले उमेशलाई मृत्यूदण्डको सजाय सुनाएको हो ।
आउँदो बैशाख ३० गतेसम्म उमेशको लागि अन्तिम म्याद भएपनि पुनरावेदन अदालतमा उमेश बचाउको लागि, आममाफीको लागि अपिल गर्ने समय रहेकोले राय मृतक लतिपको परिवारबाट क्षमापत्र अर्थात माफी पत्र ल्याउको लागि आईतबार विहानै पाकिस्तान प्रस्थान गरेका छन् ।
केही दिन अघि मृतक लपिका जेठो दाजुसँग भएको कुराकानीको आधारमा लपितको जेठा दाजुले माफीनामा दिनको लागि तयार भएपछि राय आजै पाकिस्तान रबाना भएका हुन् । 
तराई मधेस राष्ट्रिय परिषदका सदस्य समेत रहेका अभियन्ता राय उमेश बचाउको लागि निरन्तर कार्य जारी राखेका छन् भने उमेशको मृत्यूदण्डको समय सिमित भएपछि झन सक्रियता बढाएका हुन् ।
मृतक लतिपका परिवारले माफीनामा दिएपछि सउदी अरेबियाको पुनरावेदन अदालतमा आममाफीको लागि अपिल गर्ने बाटो खुलेको छ ।
यस विषयमा नेपाली दुतावास एवम् परराष्ट्र मन्त्रालयले निकै चासो देखाएपछि उमेशलाई आममाफीको लागि सहयोग पुग्ने बताइएको छ ।
सन् २००६ देखि अर्थात् विगत १२ बर्षदेखि सउदी अरेबियाको जुबेल जेलमा जेली जीवन विताईरहेको धनुषा कमला नगरपालिका वडा नं. ३ का उमेश यादवलाई पाकिस्तानी नागरिक मो. लतिपको हत्याको आरोपमा मृत्यूदण्डको सजाय सुनाएको हो ।
यता, उमेशले लतिपको हत्या नगरेको तथा दुर्घटनावंश उनको मृत्यू भएको बताउँदै आएपनि अदालतले कसुरवार ठहर गर्दै आउँदो १३ मई २०१८ को मृत्यूदण्ड दिइने जनाइएको छ ।
अब मृतक लतिपको परिवारले माफीनामा दिए मात्र उमेशको लागि थप पहल हुने भएपछि लतिपको परिवारसँग अभियन्ता सरोज रायको कुराकानीको आधारमा माफीनामा दिन सहमत भएपछि आईतबार पाकिस्तानको लागि प्रस्थान गरेका हुन् ।
मृतक परिवारसँग सरोज रायले गरेको कुराकानी अवश्य सुन्नुहोस
आईतबार साँझसम्म पाकिस्तान पुग्ने जनाउँदै अभियन्ता रायले सोमबार मात्र मृतक मो. लतिपको परिवारसँग भेट गरी माफीनामाको लागि आग्रह गर्ने न्यूज ब्यूरोसँग भने । 
उमेश बचाउको लागि देशविदेशमा रहेका नेपाली युवाहरुले सरोकारबालाहरुलाई विभिन्न माध्यमले ध्यानाकर्षण समेत गराएका छन् ।
उमेशको घरमा बृद्ध आमाबुवा, दुई छोरा र पत्नी हुन् । अति विपन्न परिवार भएको उमेशको प्रतिक्षा परिवार सहित नेपालीहरुले उमेश स्वदेश फर्केर आउने भनेर प्रतिक्षामा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…