नेपालमै सुटिँग भएको अरुणकान्त यादवको भोजपुरी फिल्म 'दे दे प्यार दे' 

२०७९ कार्तिक १५ मंगलबार
बिहान १०:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट राईजिँग स्टार मानिएका अभिनेता अरुणकान्त यादवको भोजपुरी फिल्म “दे दे प्यार दे” को फस्ट लुक सार्वजनिक गरिएको छ । 

छठ पर्वको अवसर पारेर फिल्म रिलिज हुनुभन्दा पहिले उनले फिल्मको फस्ट लुक जारी गरेका छन् । मैथिली, हिन्दी फिल्ममा समेत काम गर्दै आएका अभिनेता यादवले भोजपुरी फिल्ममा पनि लीड रोल निभाएका छन् । 

नवजोत पोद्दारको निर्देशनमा तयार भएको भोजपुरी फिल्म “दे दे प्यार दे” मा अरुणकान्त यादवको भूमिका मुख्य रहेको छ । मैथिली फिल्म, एल्बममा काम गर्दै आएका उनले भोजपुरी फिल्म ईन्डट्रीमा मुख्य किरदार निभाएपछि उनको चर्चा चौतर्फी चलेको छ । 

फिल्मको लागि बँजरँगी कुमार बागीले निर्माण गरेका छन् भने सोही फिल्ममा अरुणको साथै अभिनेता निसार खान, श्रेया दुलाल र माही सिँह राजपुतले पनि मुख्य भूमिकामा देखिने भएको छ । 

फिल्ममा उदय भगत,अशोक सिंह ,सम्राट ठाकुर, सलोनी , झबर पाल रितिक राजसहितका कलाकारहरुले अभिनय गरेका छन् । 

नेपालको विभिन्न सुन्दर ठाउँमा सुट भएको यो फिल्म नेपालमा बनेको भोजपुरी भाषाको फिल्म जगतमा नयाँ उडान भर्ने विश्वास अभिनेता अरुणकान्त यादवको छ । 

एबी मोहनद्धारा लिखित यो फिल्म लभ स्टोरी रहेको बताईएको छ । फिल्ममा मनोज भास्कर र रोशनले सँगीत भरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७९ कार्तिक १५ मंगलबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus