नेपालमै सुटिँग भएको अरुणकान्त यादवको भोजपुरी फिल्म 'दे दे प्यार दे'
नवजोत पोद्दारको निर्देशनमा तयार भएको भोजपुरी फिल्म “दे दे प्यार दे” मा अरुणकान्त यादवको भूमिका मुख्य रहेको छ । मैथिली फिल्म, एल्बममा काम गर्दै आएका उनले भोजपुरी फिल्म ईन्डट्रीमा मुख्य किरदार निभाएपछि उनको चर्चा चौतर्फी चलेको छ ।

२०७९ कार्तिक १५ मंगलबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट राईजिँग स्टार मानिएका अभिनेता अरुणकान्त यादवको भोजपुरी फिल्म “दे दे प्यार दे” को फस्ट लुक सार्वजनिक गरिएको छ ।
छठ पर्वको अवसर पारेर फिल्म रिलिज हुनुभन्दा पहिले उनले फिल्मको फस्ट लुक जारी गरेका छन् । मैथिली, हिन्दी फिल्ममा समेत काम गर्दै आएका अभिनेता यादवले भोजपुरी फिल्ममा पनि लीड रोल निभाएका छन् ।
नवजोत पोद्दारको निर्देशनमा तयार भएको भोजपुरी फिल्म “दे दे प्यार दे” मा अरुणकान्त यादवको भूमिका मुख्य रहेको छ । मैथिली फिल्म, एल्बममा काम गर्दै आएका उनले भोजपुरी फिल्म ईन्डट्रीमा मुख्य किरदार निभाएपछि उनको चर्चा चौतर्फी चलेको छ ।
फिल्मको लागि बँजरँगी कुमार बागीले निर्माण गरेका छन् भने सोही फिल्ममा अरुणको साथै अभिनेता निसार खान, श्रेया दुलाल र माही सिँह राजपुतले पनि मुख्य भूमिकामा देखिने भएको छ ।
फिल्ममा उदय भगत,अशोक सिंह ,सम्राट ठाकुर, सलोनी , झबर पाल रितिक राजसहितका कलाकारहरुले अभिनय गरेका छन् ।
नेपालको विभिन्न सुन्दर ठाउँमा सुट भएको यो फिल्म नेपालमा बनेको भोजपुरी भाषाको फिल्म जगतमा नयाँ उडान भर्ने विश्वास अभिनेता अरुणकान्त यादवको छ ।
एबी मोहनद्धारा लिखित यो फिल्म लभ स्टोरी रहेको बताईएको छ । फिल्ममा मनोज भास्कर र रोशनले सँगीत भरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…