सिरहामा साप्ताहिक सरसफाईलाई निरन्तरता
न्यूज ब्यूरो || सिरहा, ८ बैशाख । सरसफाईलाई निरन्तरता दिँदै शनिबार समेत सिरहा नगरपालिकमा आज तेस्रो हप्ता पनि सरसफाईलाई निरंतरता दिएको छ। साप्ताहिक सरसफाइ अभियान अन्तर्गत शनिबार सिरहा नगरपालिकाको वडा न।१४ प्रसाहीको सहलेश मन्दिर लगायतका बाटोहरुमा सरसफाई गरिएको हो । मधेस नेपाल युवा ट्रस्टका संयोजक रमेश

२०७५ बैशाख ८ शनिबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
सिरहा, ८ बैशाख । सरसफाईलाई निरन्तरता दिँदै शनिबार समेत सिरहा नगरपालिकमा आज तेस्रो हप्ता पनि सरसफाईलाई निरंतरता दिएको छ।
साप्ताहिक सरसफाइ अभियान अन्तर्गत शनिबार सिरहा नगरपालिकाको वडा न।१४ प्रसाहीको सहलेश मन्दिर लगायतका बाटोहरुमा सरसफाई गरिएको हो ।
मधेस नेपाल युवा ट्रस्टका संयोजक रमेश मन्डलको अगुवाईमा भएको उक्त सरसफाई अभियानमा सशस्त्र प्रहरी बल खैरटोका ईन्स्पेकटर संजय रेग्मी, असई अशोक यादवको अगुवाईमा गएको टोलिमा रहेका जबानहरु लगायत स्थानीय युवाहरुको सक्रियतामा सरसफाई गरिएको हो ।
यी युवाहरु बाट अरुले पनि सिख्नु जरुरी छ ,आ(आफ्ना वरिपरिमा सरसफाई गर्नु भन्दा पनि फ़ोहोरलाई नियन्त्रण गर्नु आवश्यक रहेको संयोजक मन्डलले बताए।
सप्ताहको हरेक शनिवार साप्ताहिक सरसफाई अभियानलाई निरन्तरता दिने र स्थानीय युवाहरुले यस सरसफाई अभियानमा धेरै नै सहयोग गरेको प्रति खुसी व्यक्त गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…