जनकपुरः २० लाख रुपैयाँसहित दुई युवक पक्राउ
उनीहरुले बोकेको कालो रंगको झोला भित्र श्रोत नखुलेको नेपाली नोट रु २० लाख फेला परेकोमा स्थानीय मानिसहरूको रोहबरमा रित पुर्वक बरामद गरि उक्त रकम सहित दुवै जनालाई नियनत्रणमा लिई ईलाका प्रहरी कार्यालय सवैला धनुषाले आवश्यक कार्वाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तर्फ आवश्यक पहल भई रहेको जनाएको छ ।

२०७९ कार्तिक २ बुधबार, राति ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थितबाट बीस लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरस्थितबाट पक्राउ गरिएको जनाएको छ ।
निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप सोमबार राती ८ बजेको समयमा प्रहरी चौकी बरमझिया धनुषाबाट खटि गएको प्रहरी टोलीले दुई युवकलाई २० लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
रघुनाथपुर नहरचोक स्थीतमा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा जिल्ला सुनसरी ईनारुवा नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २२ को आशिष कामदले चलाएको प्र–०१–०२–०४६ प. ५६३१ नम्बरको मोटरसाईकल पछाडी सवार रहेको सोही स्थान बस्ने बर्ष २७ को बजरंग प्रसाद गुप्तालाई पक्राउ गरिएको हो ।
उनीहरुले बोकेको कालो रंगको झोला भित्र श्रोत नखुलेको नेपाली नोट रु २० लाख फेला परेकोमा स्थानीय मानिसहरूको रोहबरमा रित पुर्वक बरामद गरि उक्त रकम सहित दुवै जनालाई नियनत्रणमा लिई ईलाका प्रहरी कार्यालय सवैला धनुषाले आवश्यक कार्वाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तर्फ आवश्यक पहल भई रहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…