जनकपुरः ५ लाख रुपैयाँ दाईजो नदिएपछि कवितालाई श्रीमानसहित ससुरापक्षले कुटेर मारे
कविताको अन्तिम संसकारमा ससुराली पक्क्षबाट कोही सदस्य उपस्थिति नजनाएपछि माइती पक्षलाई झन शँका भएको बताइएको छ । यसको बारेमा प्रहरीमा उजुरी परेको तथा अनुसन्धान जारी रहेको बताईएको छ ।

२०७९ असोज २६ बुधबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै रहेको महोत्तरीको सहोडबास्थित एक युवतिलाई ससुरा पक्षले हत्या गरेको आरोप लगाइएको छ ।
बिहे पश्चात दाईजोमा पाँच लाख रुपैयाँ नदिएपछि महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ स्ने राम यादवकी २१ बर्षिय छोरी कविता यादवलाई उनकै ससुरा पक्षले कुटेर मारेको आरोप लगाइएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवा टोलमा ससुराली भएको कवितलाई उनको आफ्नै श्रीमान विमलेश कुमार यादव र ससुराली पक्षका अन्य व्यक्तिहरुले कुटपिट र यातना दिएर मारेको आरोप माईती पक्षले लगाएको छ ।
कुटपिट र यातनाबाट गम्भिर घाईते भएकी कवितालाई जनकपुरस्थित न्यूरो अस्पतालमा उपचारको लागि पठाइएको थियो । कवितलाई कुटदा कुटदै टाउकोमा गम्भिर चोट लागेको थियो ।
चार दिनसम्म अस्पतालको आईसीयूमा भर्ना भएकी कविताले बुधबार बिहान अन्तिम साँस फेरेकी हुन् । उनलाई उनको श्रीमान, ससुरा, सासु लगायत अन्य जनाले समेत कुटपिट गरेर मारेको आरोप माइत पक्षले लगाएको हो ।
माईती पक्षको भनाई अनुसार, बिहेको केही दिन भए पछि ससुराली पक्षबाट पाँच लाख दाईजो मागेको थियो । दाइजो नदिए भन्दै तपाईको छोरीलाई जिउन नदिने भन्दै फोनको मार्फत ज्वाई विमलेश कुमार यादवले थर्काएको बताइएको छ ।
माइती पक्षका अनुसार, कविताको श्रीमान विमलेशलाई अर्कै महिलासँग अनैतिक सम्बन्ध रहँदै आएकोमा कविताले बुझिसकेको थियो । कवितले उनलाई सम्झाउँदा पटक पटक बिमलेश कुटपिट गर्दै आएको थियो ।
कविताको अन्तिम संसकारमा ससुराली पक्क्षबाट कोही सदस्य उपस्थिति नजनाएपछि माइती पक्षलाई झन शँका भएको बताइएको छ । यसको बारेमा प्रहरीमा उजुरी परेको तथा अनुसन्धान जारी रहेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…