प्रदेश नं. २ का महिलाहरु यसकारण असुरक्षित !
न्यूज ब्यूरो || जनकपुरधाम, ८ बैशाख । धनुषा सहित प्रदेश दुईका अधिकांश जिल्लामा बलात्कारको घटनामा वृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको अहिलेसम्म जिल्लामा मात्रै ९ वटा बलात्कारका घटना भएका छन् भनेर आजको न्यूजपेपर दैनिक मा समाचार छ । जसमध्ये सबैभन्दा बढी

२०७५ बैशाख ८ शनिबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ८ बैशाख ।
धनुषा सहित प्रदेश दुईका अधिकांश जिल्लामा बलात्कारको घटनामा वृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको अहिलेसम्म जिल्लामा मात्रै ९ वटा बलात्कारका घटना भएका छन् भनेर आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
जसमध्ये सबैभन्दा बढी बलात्कारका घटना पछिल्ला दुई महिनामा भएको देखिएको छ । यता प्रहरीले बलात्कार जस्तो जघन्य अपराधलाई न्युनिकरण गर्न तथा कानुनी उपचारका लागि तीन महिने अभियान सञ्चालन गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
त्यसैगरी प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बलात्कार जस्तो जघन्य अपराध विगतमा पनि भएको बताउदै गाउँघरमा यस्ता घटनालाई ढाकछोप गरी गाउँमै मिलाउने गरेकाले समेत बलात्कारीको बनोवल बढेको बताए ।
उनले यस्ता घटनालाई उजागर गर्न तथा पिडितलाई न्याय दिलाउनको लागि पहल भईरहेको जानकारी दिए । खासगरी गाँउ घरमा पछिल्लो समय बलात्कारका घटनामा बृद्धि भएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक अनुसार आ.व. २०७२/७३ मा २१, आ.व. ०७४ मा १८ र चालु आर्थिक वर्षको अहिलेसम्म ९ वटा बलात्कारका घटना भएको देखिन्छ । यस्तो अपराधलाई नियन्त्रण गर्नका लागि रणनीति निर्माण गरिरहेको बताउदै आन्तरिक मामिला मन्त्री यादवले यस्ता जघन्य अपराध गर्ने विरुद्ध कडा कानुन बनाई कार्यान्वयन गराउने बताए ।
बलात्कारका घटनाहरु मध्ये अधिकांश १५ देखि २५ वर्ष सम्मका युवाहरुबाट हुने गरेको देखिन्छ । ती मध्ये ग्रामिण क्षेत्रमा शौचालयको आभावमा बाहिर शौचका लागि जाने गरेका किशोरी तथा महिलाहरुमाथि बढी साँझको समयमा बलात्कारका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बलात्कारका घटनालाई न्युनिकरण गर्न जनचेतनामुलक विभिन्न प्रकारका तीन महिने कार्यक्रमसमेत गर्ने धनुषाका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए । न्यूजपेपर दैनिकमा नेहा झाले समाचार लेखेकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…