जनकपुरः पेट्रोल पम्पमा आगलगी
उनले आगलागीको कारणबारे अहिले केही खुल्न नसकेको बताए । सुरक्षा निकायले समयमै आगो नियन्त्रणमा लिई ठुलो धनजनको क्षति हुनबाट जोगाएको स्थानीयले बताए ।

२०७९ असोज १७ सोमबार, बिहान ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक पेट्रोल पम्पमा आगलगी हुँदा समान्य क्षति भएको छ ।
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवरस्थित रहेको धनुष ट्रेडर्समा आईतबार साँझ आगलगी भएको हो ।
ढल्केवरस्थित दक्षिण चोकमा सुरेश सर्राफले सञ्चालन गरेको पेट्रोल पम्पमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
उनले आगलागीको कारणबारे अहिले केही खुल्न नसकेको बताए । सुरक्षा निकायले समयमै आगो नियन्त्रणमा लिई ठुलो धनजनको क्षति हुनबाट जोगाएको स्थानीयले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…