मधेश प्रदेशः पर्साको चारै क्षेत्रमा जसपा र काँग्रेसको बराबर भाग पर्ने सम्भावना
कांग्रेसका उम्मेदवारहरु बागी उठ्ने वा स्वतन्त्र भएर अथवा अन्य दलमा गएर पनि उम्मेदवार बन्ने दाउमा लागिरहेका छन् ।

२०७९ असोज १३ बिहीबार, दिउँसो १:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । सत्ता गठबन्धनको लगभग अन्तिम निस्कर्षमा पर्सा जिल्लाका दुवै क्षेत्र बराबर बाँड्ने सहमति हुने संकेत देखिएको छ ।
नेकपा माओवादी केन्द्रलाई प्रदेश सभामा मिलान गर्ने र प्रतिनिधि सभाका दुवै क्षेत्र नेपाली कांग्रेस र जसपालाई दिने सहमति हुने निश्चित जस्तै छ ।
पर्साको क्षेत्र नम्बर १ र २ जसपालाई र ३ र ४ नेपाली कांग्रेसलाई भागवण्डा लगाउने कुरा लगभग अन्तिम चरणमा रहेको उच्च स्रोतले जनाएको छ ।
बुधवार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब सहमति जुटाएको छ । सहमतिअनुसार पर्साको १ र २ सँगै बाराको २ र ३, रौतहटको ३, सर्लाहीको १, महोत्तरीको ४, सिराहारको ४, सप्तरीको १ र २, सुनसरीको १, बाँके, काठमाण्डौ ७ पाउने सहमति भएको छ ।
यसअघि पर्साको ३ मा जसपाले पाउने निश्चित भएको खबर फैलिएपनि अब ३ र ४ मा कांग्रेसलाई दिने सहमतिको खबरले जसपा खेमा आक्रोशित छ । यति मात्रै नभएर १ र २ का कांग्रेसका नेताहरुले के गर्ने भन्ने अन्यौल पनि उत्पन्न भएको देखिन्छ ।
यसपटक गठबन्धन नटिक्ने र स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिमा जसपाले गरेको घातको बदला लिन पनि कांग्रेस पछि नपर्ने अवस्था देखिएको छ ।
कांग्रेसका उम्मेदवारहरु बागी उठ्ने वा स्वतन्त्र भएर अथवा अन्य दलमा गएर पनि उम्मेदवार बन्ने दाउमा लागिरहेका छन् ।
From: Yatradailiy
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…