शहिदनगर व्यापार सँघको कार्यालय सँचालनमा 

२०७९ असोज १२ बुधबार
दिउसो १:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकास्थित रहेको व्यापारीहरुको छाता सँगठन शहिदनगर व्यापार सँघको आफ्नै कार्यालय सँचालनमा आएको छ । 

बिना कार्यालयकै यतिदिनसम्म चल्दै आएको शहिदनगर उद्योग वाणिज्य सँघले स्थायी रुपमा कार्यालय सँचालनमा ल्याएको हो । 

मँगलबार जिल्लाका विशिष्ट व्यक्तित्वहरुको रोहबरमा भवनको उदघाटन गरिएको हो । स्थानीय व्यापारीहरुको हकहितको लागि खडा गरिएको शहिदनगर व्यापार सँघको आफ्नै कार्यालय सँचालन भएपछि व्यापारीहरुलाई सहज हुने भएको छ । 

स्थानीय चिरपरिचित व्यापारी राजदेव प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय शहिदनगर व्यापार संघ गठन गरी कार्यालय उदघाटन गरिएको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यमा एक समारोहको आयोजना गरी व्यापार सँघको कार्यालय उदघाटन गरिएको हो । 

कार्यालय उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे , सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक  प्रकाश कुमार सुवेदी , शहिदनगर नगरपालिकाका उपमेयर सुनिता सिंह , पूर्व मेयर उदयकुमार बरबरिया, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, स्थानीय व्यापारी ,बुद्धिजिवी, आम नागरिक सहित विद्यार्थी लागयतको  सहभागी रहेको थियो ।
 
गठन गरिएको संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद मण्डल, उपाध्यक्षमा श्यामकुमार मण्डल, महासचिवमा रामईश्वर महतो, सचिवमा विजयकुमार साह र कोषाध्यक्षमा सुनितादेवी महतो सुडी छन् ।

त्यस्तै, सदस्यहरुमा संजयकुमार यादव, जयशंकर साह, ललिताकुमारी प्रधान, रामकुमार महतो, धनिकलाल मण्डल, रामदेव महतो, बेचन मण्डल केवट, दिलिपकुमार मुखिया, राकेश प्रसाद मण्डल, जयप्रकाश यादव, मोकिम अंसारी, जितन मण्डल, सिकेन्द्र मण्डल खत्वे, गणेशकुमार चौधरी, ओमप्रकाश महथा रहेका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७९ असोज १२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus