गाउँपालिकाको हाकिमलाई हातपात गर्न खोज्ने राजेन्द्र महतोका सालो प्रहरी हिरासतमा
नाढी बजारमा उपस्थित ब्याक्तीहरुले नेता भएर त्यस्तो गालीगलौज, कुटपिट गर्ने कुरा भन्दा सभय रुपमा आफ्नो कुरा राख्नुपर्ने र चित नबुझे कानुनी अनुसार बढनुपर्ने भन्दा उल्टै गाउँले माथी नै कुटपिट गर्न खोजेका थिए ।

२०७९ असोज ७ शुक्रबार, राति १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । शुक्रबार भइरहेको चन्द्रनगर गाउँपालिकाको गाउँ सभाको बैठकमा प्रमुख प्रसाशकिय अधिकृतलाई हातपात गर्न खोज्ने हरिनारायण महतो सुडीलाई प्रहरीले पक्राउ गरेको छ ।
हाकिमलाई हुलहुज्जत र हातपात गर्ने उद्देश्यले हुल बाँधेर गएको राजेन्द्र महतो सुडिको आफनै सालो र उपेन्द्र महतो सुडिको आफनै मामा ” हरि नारायण महतो सुडि ” लाई प्रहरीले हिरासतमा लिएको हो । अहिले उनलाई बयलबास स्थित केसरगंज प्रहरी चौकिमा राखिएको छ ।
चन्द्रनगर गाउँपालिकामा महेन्द्र महतो सुडिको ४५ औं वर्ष राणा शासन तुटे पनि चन्द्रनगर गाउँपालिकामा उनले र उनका छोरा उपेन्द्र महतो सुडिले गुन्दागर्दी गर्न अझै पनि नछाडेको भनाई स्थानीयहरुको छ ।
चन्द्रनगर गाउँपालिका भित्र भैरहेको गाउँसभाको बैठकमा हरि नारायण महतो सुडिको नेतृत्वमा ४०–५० जना व्यक्तिहरुलाई बोलाएर गुण्डाशैली दर्साएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
निवर्तमान संघीय सांसद राजेन्द्र महतो सुडीको सालो र पूर्व प्रदेश सांसद उपेन्द्र महतो सुडीको मामा रहेको हरिनारायण सुडीलाई प्रहरीले नगरसभा स्थलबाटै पक्राउ गरेको हो ।
सुडीले ताल्चा लगाईदिने, अधिकृतलाई कुटपिट गर्ने सहित गाउँ कार्यपालिका सदस्यहरुलाई गालीगलौज गरेका थिए ।
नाढी बजारमा उपस्थित ब्याक्तीहरुले नेता भएर त्यस्तो गालीगलौज, कुटपिट गर्ने कुरा भन्दा सभय रुपमा आफ्नो कुरा राख्नुपर्ने र चित नबुझे कानुनी अनुसार बढनुपर्ने भन्दा उल्टै गाउँले माथी नै कुटपिट गर्न खोजेका थिए ।
होहल्लालाई शान्त गर्न र अभद्र ब्यवहार गर्ने हरिनारायण सुडीलाई ईलाका प्रहरी केशरगन्जबाट खटी आएका प्रहरीले समातेर लगेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…