सिरहामा १ सय ८९ जना गाउँपालिकाका उम्मेदवारले ३ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

२०७९ असोज ५ बुधबार
दिउसो १२:१९ बजे

न्यूज ब्यूरो, सिरहा।  स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने ४ हजार १ सय ९६ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ।

त्यस्तै, मधेश प्रदेशको सिरहा जिल्लामा गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनैतिक दलका १५० जना भन्दा बढी उम्मेदवारहरूले निर्वाचन खर्च समयमै नबुझाएका कारण कारबाहीमा परेका छन् ।

निर्वाचन आयोगले कानून बमोजिम निर्वाचन खर्चको विवरण पेश नगर्ने सिरहाका १ सय ८९ जना अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ । निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ ।

सिरहा जिल्लामा यी हुन्, गाउँपालिकाका निर्वाचित अध्यक्ष र उपाध्यक्ष जसले निर्वाचन खर्च विवरण बुझाएका छैनन्: अर्नामा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादव र उपाध्यक्ष शोभा कुमारी साह, औरही  गाउँपालिकाका अध्यक्ष शिवजी यादव र उपाध्यक्ष रेणु कुमारी यादव, नरहा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादव र उपाध्यक्ष गुलाव देवी चौधरी, नवराजपुर गाउँपालिकाका अध्यक्ष राम उदगार यादव र उपाध्यक्ष पुनम कुमारी यादव, बरियारपट्टि गाउँपालिकाका अध्यक्ष दिनेश प्रसाद यादव र उपाध्यक्ष ममता कुमारी, भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादव र उपाध्यक्ष रेखा कुमारी यादव ।
 
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र  उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ। 

तर सिरहामा स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपध्यक्ष पदका उम्मेदवारले निर्वाचन खर्च आयोगले तोकेको समयमा नबुझाएपछि उनीहरुलाई कारबाही गर्ने निर्णय गरिएकाे आयोगले जनाएकाे छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशमा प्रयाप्त मलखाद भएपनि प्रदेश सरकार कालाबजारीमाः पूर्व कृषिमन्त्री कुशवाहा

  • २०७९ असोज ५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले पर्याप्त मल खाद्य भएपनि प्रदेश सरकार कालाबजारी गरिरहेको आरोप लगाएका छन् ।  प्रदेशसभामा बोल्दै पूर्वमन्त्री कुशवाहाले आफू मन्त्री रहेकै बेला

पूरा पढ्नुहोस्

Bureau Menus