बन्दसूचीमा समानुपातिकतर्फ ४८ दल दर्ता

२०७९ असोज ४ मंगलबार
बिहान ०८:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो ,काठमाडौँ । निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनका लागि ४८ दलले बन्दसूची दर्ता गराएका छन् । आयोगका अनुसार बन्दसूचीका लागि निवेदन दिएका कूल ६८ दलमध्ये ४८ दलको मात्र दर्ता भएको हो । बन्दसूचीमाथि आयोगले आज छानबिन समेत गर्दैछ ।

समानुपातिक सिट संख्या जम्मा १ सय १० रहेको आयोगले जनाएको छ । जम्मा समानुपातिक सिट संख्या ३७ भएको प्रदेश १ मा ३६ दलले बन्दसूची दर्ता गराएका छन् भने सिट संख्या ४३ भएको मधेस प्रदेशमा ३६ दलमात्र बन्दसूचीमा दर्ता भएका छन् । यसैगरी वाग्मती प्रदेशमा कुल सिट संख्या ४४ भएकोमा ४० दलले बन्दसूची दर्ता गराएका छन् भने २४ सिट संख्या भएको गण्डकीमा ३१ दल बन्दसूचीमा दर्ता भएका छन् ।

लुम्बिनी प्रदेशमा ३२ दलले समानुपातिक निर्वाचनतर्फ बन्दसूची दर्ता गराएका छन् । यहाँ जम्मा समानुपातिक सिट संख्या ३५ रहेको आयोगले जनाएको छ । त्यस्तै १६ सिट संख्या रहेको कर्णाली प्रदेशमा २८ दलले बन्दसूची दर्ता गराएका छन् भने सुदूरपश्चिम प्रदेशमा ३४ दलले बन्दसूची दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ कूल २१ सिट संख्या रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि बढीमा २ सय २० सहित ३ सय ३० जना समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । दलहरूले बन्दसूचीमा क्रम तलमाथि पार्न सक्ने आयोगले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नगरसभाको लागि कमला नगरपालिकाको पुरानै रित, महिनौदेखि नगरपालिका हाकिमविहिन 

  • २०७९ असोज ४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय सरकार गठन भएको ६ बर्षमा एक पटक पनि समयमा नगरसभा गर्न नसकेको कमला नगरपालिकाले नयाँ जनप्रतिनीधि पाएपनि रित भने पुरानै दोहरयाएको छ ।  विगत ५ बर्षमा

पूरा पढ्नुहोस्

Bureau Menus