जनकपुरमा मोटरसाईकलको एक्सचेन्ज अफर, २० प्रतिशत रुपैयाँमै नयाँ मोटरसाईकल
यस्तै, नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा दिनभरीमा एउटा मोवाइल, सातामा एक जनालाई शतप्रतिशत क्यास ब्याक अफर र ५० लाख जित्न सक्ने योजना राखिएको छ ।

२०७९ असोज १ शनिबार, बिहान ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित टिभिएस मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता जगदम्बा मोटर्सले एक्सचेन्ज अफर सुरु गरेको छ ।
शुक्रबारदेखि जनकपुरधामस्थित भ्रमरपुराचौकमा रहेको टिभिएसको शोरुममा टिभिएस एक्सचेन्ज अफर सुरु भएको हो ।
सबै वर्गले मोटरसाइकल तथा स्कुटर विश्वकर्मा पूजा,दशैं दिपावली र छठ लक्षित योजनासहित सुरु गरिएको अफर आश्विन ३ गत्तेसम्म चल्ने आर्यन अटो मोबाइल्स् जनकपुरधमका सञ्चालक रामबालक महतो (संजिव) ले जानकारी दिए ।
साथै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा सात हजार तुरुन्तै छुट दिइने गरेको उनले बताए । कम्पनीले सर्भिस र स्पेयरर्स सेवासमेत मेलामा उपलब्ध गराएको छ ।
एक्सचेन्ज अफरमा फाइनान्स सेवा पनि राखिएको छ । फाइनान्समा २०, ४० र ५० प्रतिशत जम्मा गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने योजना ल्याइएको हो ।
यस्तै, नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा दिनभरीमा एउटा मोवाइल, सातामा एक जनालाई शतप्रतिशत क्यास ब्याक अफर र ५० लाख जित्न सक्ने योजना राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…