जनकपुरमा यसपाली ७ दिनसम्म 'सस्ता बजार' लाग्ने, कहिलेदेखि लाग्ने ?

२०७९ असोज १ शनिबार
बिहान ०९:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक बर्ष जनकपुरधाममा लाग्दै आएको सस्तो बजार (मिना बजार) एक सातासम्म लगाउने निर्णय भएको छ । 

शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले उपसमिति गठन गरी तयारी सुरु गरेको छ । 

असोज १० गते घटस्थापनादेखि १७ गते सम्म गोपाल धर्मशालामा बजार लगाउने संघले निर्णय गरेको आयोजक संस्थाका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । 

उनका अनुसार शुक्रबार सस्तो बजारको व्यवस्थापनको लागि चार वटा उपसमिति गठन र सरोकारबला निकायसँग अन्तरक्रिया कार्यक्रम गरी तयारी सुरु गरिएको हो । 

संघले आपूर्ति व्यवस्थापन समिति, गुणस्तर तथा मूल्य निर्धारण, प्रचार प्रसार, सरसफाइ, शान्ति सुरक्षा, प्राथमिक उपचार र अनुगमन तथा सुपरीक्षण समिति गठन गरेको छ । 

दशैं, दीपावली तथा छठ पर्वमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्न सहितका दैनिक उपभोग्य सामानहरू विक्री गर्ने लक्ष्यसहित बजारको आयोजना हुन लागेको छ । 

गत वर्ष दशैँ बजारमा १ सय ६ वटा स्टल रहेका थिए । यस वर्ष पनि सोही संख्यामा स्टलहरू निर्माण गर्ने संघको तयारी छ ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

फिल्म 'राजा सल्हेश' मा जनकपुरकी पूजा ठाकुर बनिन 'चन्द्रावती' , अभिनय दमदार

  • २०७९ असोज १ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । साउथ इण्डियन डारेक्टरले बनाएको फिल्म राजा सल्हेशमा जनकपुरकी पूजा ठाकुरको अभियन दमदार देखिएको छ ।  भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा घरमा रिलिज हुन लागेको सो फिल्मको प्रिमियरमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }