मँसिर ४ गते गठबन्धनलाई हराएर एमाले मधेशमा पनि ठुलो पार्टी बन्छः ओली 

२०७९ भदौ ३१ शुक्रबार
बेलुकी ७:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमाले पार्टी मधेशमा पनि ठुलो पार्टीको रुपमा उभिने बताएका छन् । 

शुक्रबार सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ८ पुरानो चोहर्वास्थित नेकपा एमाले सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै ओलीले आगामी चुवामा मधेशमा एमालले कब्जा जमाउने बताए । 

उनले पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग निर्माण, जिर्णोद्धार र स्तरोन्तीको कार्य एमालेको सरकारको पालामा भएको दाबी गर्दै आगामी मँसिर ४ गते गठबन्धनलाई हराएर मधेशमा पनि ठुलो पार्टी बन्ने दाबी गरे । 

एमाले मधेशको पार्टी भएको बताउँदै उनले आगामी चुनावमा कुना काप्चाबाट एमालेलाई जीताउन आग्रह गरे ।

ओलीलाई हेर्न आएको भीडलाई सम्बोधन गर्दै ओलीले सिरहामा स्थानीय तहको चुनावमा एमालेको वर्चश्वले आगामी प्रतिनीधिसभाको चुनावमा अझ बलियो हुने बताए । 

त्यहाँस्थित रहेको नमुना जनता माविको प्राँगनमा ओलीको कार्यक्रम आयोजना गरिएको थियो । शुक्रबार विद्यालय नै बन्द गरी कार्यक्रम गरिएको हो । 

कार्यक्रमको क्रममा एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, सुखिपुर नगरपालिकाका मेयर रामऔतार यादव लगायत एमालेका सिरहा र धनुषाका नेता कार्यकर्ताहरुको मोटो उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus