जनकपुरः युवकलाई तरबार प्रहार गरी मारेर भागेका मण्डल कत्तारबाट पक्राउ
तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग ईन्टरपोल शाखालाई पत्रचार गरी तालुक कार्यालयको समन्वयमा प्रतिवादी राजिव कुमार मण्डललाई अन्तराष्ट्रिय स्तरमा खोजतलाश तथा पक्राउ गर्नको लागी कर्नर नोटिस जारी भई आएकोमा मण्डललाई तालुक कार्यालय समेतको समन्वयमा नेपाल ल्याई कानून बमोजिम थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२०७९ भदौ ३१ शुक्रबार, बेलुकी ६:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत बर्ष एक युवकलाई तरबार प्रहार गरी गम्भिर घाईते बनाएको घटनाका आरोपितलाई प्रहरीले कत्तारबाट पक्राउ गरी ल्याएको छ ।
गत बर्षको भदौ २६ गते राती २ बजेको समयमा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ बहुअर्बामा ओरकेष्ट्रा नाच हेर्न गएको बेला भएको विवादमा तरबार प्रहार गर्दा गम्भिर घाईते भई उपचारको क्रममा अस्पतालमै मृत्यू भएको घटनामा धनुषा प्रहरीले कत्तारबाट एक युवकलाई पक्राउ गरी ल्याएको छ ।
बहुअर्बा बस्ने रामअशिष मण्डलको छोरा सरोज कुमार मण्डललाई ज्यान मार्ने उदेश्यले विपक्षीहरु भनिएको मनिष कुमार मण्डल र राजिव कुमार मण्डलले धारिलो हतियार (तरवार) ले प्रहार गरी गम्भीर घाईते बनाएकोमा सरोज कुमार मण्डल उपचारकै क्रममा मृत्यू भएको थियो ।
धनुषा जिल्ला अदालतमा फौजदारी नम्बर ०७८–सि ०१४३ को ज्यान मार्ने उधोग मुद्दा चली उक्त मुद्दा सम्मानित धनुषा जिल्ला अदालतबाट मिति २०७८।०९।१९ गते फैसला भएको थियो ।
फैसला अनुसार, मुख्य प्रतिवादी राजिव मण्डलबाट घाईते सरोज मण्डलको उपचार खर्च रु. ४,९२,२५९ , घाईते अनिल मण्डलको उपचार खर्च रु.६९,३००।– र घाईते बजरंग प्रसाद राउतको उपचार खर्च रु.३,१३०।– भराई दिन भनी फैसला भएको थियो ।
ज्यान मार्ने उधोग मुद्दा कुटपिटमा परिणत गरी पक्राउ प्रतिवादीहरु मनिष कुमार मण्डल र राजिव कुमार मण्डल कारागारबाट थुना मुक्त भएको तथा जाहेरवालाको छोरा उपचारकै क्रममा रहेकोमा प्रतिवादीहरुले प्रहार गरेको चोटको कारणबाट मिति २०७८।१२।२८ गते बिहान ९ बजेको समयमा जाहेरवालाको छोरा सरोज मण्डलको काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारकै क्रममा मृत्यू भएको थियो ।
प्रतिवादीहरुलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा आवश्यक कारवाही गरी पाँउ भन्ने व्यहोराको रामनन्दन मण्डलले मिति २०७९।०१।०४ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दरखास्त पेश गरेकोमा सो जाहेरी दरखास्त कर्तव्य ज्यान मुद्दा शिर्षकमा दर्ता गरी फरार अभियुक्तहरुलाई खोजी कार्य तीव्र पारिएको थियो ।
फरार रहेका प्रतिवादीहरु मनिष कुमार मण्डल र राजिव कुमार मण्डललाई पक्राउ गर्न धनुषा जिल्ला अदालतबाट गत बैशाख ५ गते पक्राउ अनुमति प्रदान भएको जनाइएको छ ।
सोही आधारमा प्रतिवादीहरु मध्येका राजिव कुमार मण्डल मिति २०७८।११।१३ गते बैदेशिक रोजगारको शिलशिलामा कतार देशको स्नेहीया राईट साईड स्टेट नं.४५ क्याम्पको कतार मास्टर कम्पनीमा काम गरिरहेको जानकारी पाएपछि उनलाई देश कतारबाट पक्राउ गरी ल्याएको हो ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग ईन्टरपोल शाखालाई पत्रचार गरी तालुक कार्यालयको समन्वयमा प्रतिवादी राजिव कुमार मण्डललाई अन्तराष्ट्रिय स्तरमा खोजतलाश तथा पक्राउ गर्नको लागी कर्नर नोटिस जारी भई आएकोमा मण्डललाई तालुक कार्यालय समेतको समन्वयमा नेपाल ल्याई कानून बमोजिम थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…