आईतबार सार्वजनिक विदाको घोषणा
स्थानीय सरकारको हैसियतले तराई मधेशमा निराहार, कठोर पर्वको रुपमा मनाईने जितियाको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो ।

२०७९ भदौ ३१ शुक्रबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो आईतबार असोज २ गतेको दिन सार्वजनिक विदाको घोषणा गरिएको छ ।
मधेश प्रदेशस्थित धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले असोज ०२ गते आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तराई मधेशमा कठोर व्रतको रुपमा मनाइने जीतिया पर्वको अवसर पारेर एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो । शनिबार विश्वकर्मा पूजा परेको छ ।
महिलाहरुको कठोर व्रत (पावन) लाई मध्यनजर गर्दै जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिन देव यादवले गाउँपालिकाभरि एक दिने सार्वजनिक विदा हुने जनाएका छन् ।
शुक्रबार एक सूचना जारी गर्दै अध्यक्ष यादवले आईतबारको दिन एक दिनको लागि सार्वजनिक विदा दिइने भएको छ । सो दिन गाउँपालिकाभरिको सार्वजनिक सँस्थानहरु बन्द रहने भएको छ ।
स्थानीय सरकारको हैसियतले तराई मधेशमा निराहार, कठोर पर्वको रुपमा मनाईने जितियाको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…