आज सिरहा आउदैं केपी ओली
न्यूज ब्यूरो, सिरहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउन लागेका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा भित्र्याउन अध्यक्ष ओली सिरहा आउन लागेका हुन् । एमाले सिरहाले गोलबजार नगरपालिका ८ स्थित पुरानो-चोहर्वाको नमूना जनता मावि विद्यालयको प्राङ्गणमा जनसभा तथा पार्टी प्रवेश कार

२०७९ भदौ ३१ शुक्रबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउन लागेका छन् । विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा भित्र्याउन अध्यक्ष ओली सिरहा आउन लागेका हुन् ।
एमाले सिरहाले गोलबजार नगरपालिका ८ स्थित पुरानो-चोहर्वाको नमूना जनता मावि विद्यालयको प्राङ्गणमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष ओली हुनेछन् । उनले करिब विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा भित्र्याउने कार्यक्रम छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका पार्टीबाट ठूलो सङ्ख्यामा एमाले प्रवेश गर्न लागेको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।
उनले अन्य पार्टीबाट शीर्ष नेताहरू को को एमालेमा प्रवेश गर्ने विषयमा केही बताउन चाहेनन् । उनले भने, ‘विभिन्न पार्टीका कार्यकर्ता मात्र होइन, नेताहरू पनि एमालेमा प्रवेश गर्दैछन् । तर उहाँहरूको नाम मञ्चबाटै सार्वजनिक गर्छौ ।’
स्रोतका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवसँगै हजारौं कार्यकर्ता शुक्रवार एमालेमा प्रवेश गर्नेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…