
न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी सिने जगतकी चर्चित अभिनेत्री आम्रपाली दुवेलाई नचिन्ने धेरै कम होलान । सिनेमा जगतसँग जुडेका दर्शकहरुमाथ अति लोकप्रीय अभिनेत्री हुन–आम्रपाली दुबे ।
भोजपुरी सिनेमाकी क्वीन मानिएको अभिनेत्री आम्रपाली दुबेको बारेमा उनका फ्यानहरु सबै थोक जान्न चाहन्छन् । उनी फिल्मी दुनियाँसहित आफ्नो पर्सन लाईफमा पनि खुवै चर्चामा रहँदै आएकी छन् ।
उनका फ्यानहरु हरेक क्षण उनको बारेमा जान्ने ईच्छुक रहन्छन् । सबभन्दा बढी त अहिलेसम्म उनका फ्यानहरुले एउटै मात्र प्रश्नको जवाफको लागि बेताब देखिन्छन्, त्यो हो आम्रपाली दुबेको विवाह ।
भोजपुरी चर्चित अभिनेत्री आम्रपाली दुबेको बिहे भइसकेको वा नभएको बारेमा उनका फ्यानहरुले जतिबेला पनि प्रश्न गर्दै गरेको छ । उनको शरिरको बनाबट र फिल्ममा दिनेश लाल यादव निरहुआसँग देखिने प्राय रोलमा श्रीमान श्रीमति हुँदा फ्यानहरुले बिहे भइसकेको भनेर पनि अनुमान लगाउँदै आएका छन् ।
यदि आम्रपाली दुबेको बिहे भइसकेको छ भने को सँग भएको छ ? यदि भएको छैन भने अहिलेसम्म किन भएको छैन ? भनेर प्रश्नहरु मनमा उनका फ्यानहरु खेलाइरहेका छन् ।
केही दिन अगाडी मात्र उनी आफ्नो फ्यानहरुको लागि समाजिक सँजालमा आएको लाईभको क्रममा व्यक्तिगत जीवनसँग जोडिएको कुराहरुमा जवाफ फर्काएकी थिइन् ।
आम्रपालीको नाम जहिले पनि भोजपुरी फिल्म दुनियाँको सुपरस्टार अभिनेता मानिने दिनेश लाल यादव निरहुआसँग जोडिन्छन् । निरहुआको साथ आम्रपाली दुबेको अफेयर चल्दै गरेको कारण पनि आम्रपालीको अहिलेसम्म बिहे नभएको तर्क पनि उनका फ्यानहरु गरिरहेका छन् ।
भोजपुरी फिल्म जगतमा आम्रपाली दुबे कैयौँ स्टारको साथ काम गरिसकेकी छन् । तर, उनको जोडी भने निरहुआसँग उनका फ्यानहरुले काफी सराहना गरेको छ । उनी आफ्नो फिल्मी करियरमा सबभन्दा अधिक फिल्म निरहुआसँग गरेकी हुन् ।
आजमगढको चुनावमा बिजेपीबाट उम्मेदबार बनेका (निर्वाचित) अभिनेता निरहुआको प्रमोशनको लागि पनि आम्रपाली दुबेले खुव प्रमोशन गरेकी थिइन् । यसले दुवै जनाको बीच केही न केही चलिरहेको भनेर उनका फ्यानहरुले आँकलन गर्न थालेका हुन् ।
हालै समाजिक सँजालमा लाईभ आएकी अभिनेत्री आम्रपाली दुबेले आफ्नो बिहेलाई लिएर आफ्ना फ्यानहरुलाई जवाफ दिइन् । आम्रपालीसँग अक्सर यो सबाल सोधिन्छन की उनको विहे भइसकेको छ वा छैन ?
एक पटक पुनः समाजिक सँजालमा आएको लाईभको क्रममा उनका फ्यानले उनीसँग सोही प्रश्न सोधेको पाइएयो । प्रश्न सुन्दे अभिनेत्री आम्रपाली दुबे लाईभमै चुप लागिन् ।
फेरी उनले जवाफ फकाईनः–“म तपाईहरुलाई यतिको खुसी देखिदैछु, यतिको खुसी छु मतलब विहे भएको छैन अनि न खुसी छु ? तपाईहरु पटक पटक किन यही प्रश्न सोध्नुहुन्छ ?
आम्रपाली दुबे ईन्टाग्रामको लाईभमा ३४ मिनेटभन्दा अधिक बसेकी थिइन् । उनी आफ्नी आमा उषा दुबेसँग लाईभमा आएकी थिइन् । उनी आफ्नी आमासँग पहिलो पटक समाजिक सँजालको लाईभमा आएको पनि बताइन् ।
लाईभको क्रममा उनको फ्यानहरुले उनको लुकअपको साथै उनको अभिनयको पनि प्रशँसा खुलेर गरेको थियो ।
पुनः बिहेको सबालमा आम्रपाली दुबेले बिहे व्यक्तिगत पसन्दको कुरा भएको भन्दै आफ्नो मन पसन्द भेटाएपछि बिहे गर्ने बताइन् । आम्रपाली दुबे ३५ बर्षकी अभिनेत्री हुन् ।
भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला
- २०७९ भदौ ३० बिहीबार
- न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है। जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन
पूरा पढ्नुहोस्