एकल महिला र दलितलाई युवाहरुको सहयोग
न्यूज ब्यूरो || जनकपुरधाम, ४ बैशाख । खाडी मूलुकमा वैैदशिक रोजगारीमा रहेका स्थानीय युवाहरुले गरिब, दलित तथा विपन्न परिवारलाई सहयोग गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघाका युवाहरुको एक समूहले गाउँकै एकल महिला, गरिब तथा अपाँगलाई आर्थिक सहयोग गरेका छन् । विदेशमा काम गरी आफैँमा केही च

२०७५ बैशाख ४ मंगलबार, दिउँसो ४:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ४ बैशाख । खाडी मूलुकमा वैैदशिक रोजगारीमा रहेका स्थानीय युवाहरुले गरिब, दलित तथा विपन्न परिवारलाई सहयोग गरेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघाका युवाहरुको एक समूहले गाउँकै एकल महिला, गरिब तथा अपाँगलाई आर्थिक सहयोग गरेका छन् ।
विदेशमा काम गरी आफैँमा केही चन्दा उठाएर नौसयविघाका एकल महिला फूलझरिया देवी दासलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

स्थानीय हसन मन्सुर , ललित साह, जय किशोर सिँह, राजी साह, शिव नारायण ठाकुर लगायत नौसयका युवाहरुले रकम एकत्रित गरी गरिब विपन्नलाई सहयोग गर्दै आएको छ ।
कुनै सँघ सँस्थामा समेत नजुडेर आफैँमा एक समूह निर्माण गरी हरेक महिना केही रकम गरिब, विपन्न, दलित, अपाँगको लागि जम्मा गर्ने गरिन्छ ।
युवाहरुले स्थानीय गँगिया देवी साहलाई समेत १३ हजार रुपैयाँ सहयोग गरेका छन् भने दृष्टिविहिन सुरवा भन्ने व्यक्तिलाई समेत २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
स्थानीय समाजसेवी विनोद यादव तथा दुःखी मियाकोे रोहबरमा उक्त रकम उनीहरुलाई हस्तान्तरण गरिएको हाम्रा सहकर्मी विनय कुमार यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…